पार्किङ्ग गरी राखिएको दुई मोटरसाइकल आगो लागेर नष्ट

साझेदारी दैनिक
313 पाठक संख्या

बैंक अगाडि पार्किङ्ग गरी राखिएको दुई वटा मोटर साइकलमा मंगलबार विहान आगलागी हुदा जलेर नष्ट भएको छ ।

वीरगंज महानगरपालिकाको आदर्शनगरमा रहेको एनाइएमबी बैंक अगाडि पार्किङ्ग गरी राखिएको मोटरसाइकलमा अचानक आगलागी भएको थियोे ।

आगलागीले  प्र.२–०३–०१८प ८२१९ नम्बरको कालो रङको १५०सिसी पल्सर मोटरसाइकल र प्र.२–०३–००१ प ७९०४ नम्बरको १५० सिसीको कालो रातो रंगको पल्सर मोटरसाइकल जलेर नष्ट भएको हो ।

आगलागीलाई वीरगंज महानगरपालिकाको बारुणयन्त्रले नियन्त्रणमा लिएको थियोे । बारुणयन्त्र समयमा नआउदा दुबै मोटर साइकल पूर्ण रुपले जलेको थियोे ।

आगलागी नजिकै रहेको विद्युतको पोलमा समेत सल्केको थियो । थप क्षति भने हुन सकेन ।आगलागीको कारण भने खुल्न सकेको छैन ।

Leave a review