स्वास्थ्य कार्यालय बारामा ल्याब टेक्निसियनको चरम लापरवाहीले गर्दा सेवाग्रहीहरु मारमा परेका छन् ।
जिल्लाका सदरमुकाममा रहेका स्वास्थ्य कार्यालयबा दिईने सेवाहरु सेवाग्रहीहरुले सहज रुपमा पाउन सकेका छैनन् ।
स्वास्थ्य कार्यलयले टीबी,डेङु टेस्ट,मलेरिया स्मियर,मलेरिया आरडीटि,कालाजार के – ३९ जस्ता विभिन्न रोगहरुको प्रयोगशाला फाटमा परीक्षण हुदैँ आएपनि प्रयोगशाला फाटका ल्याब टेक्निसियन रामविश्वास साहको चरम लापरवाहीका कारण सेवाग्राहीहरु सेवा पाउनबाट बञ्चित हुदै आएका छन ।

ल्याब टेक्निसियन साहले कार्यालय समयमा मोबाईलमा बिजी हुने र रोग परीक्षण गराउन आउने सेवाग्राहीलाई ल्याबमा किट नभएकोले परीक्षण हुदैन भनि फर्काउने गरेको सेवाग्रहीहरुले गुनासो गरेका छन ।
उनको कारण दिनहु स्वास्थय कार्यालय आउने सेवाग्रहीहरु कलैयादेखि बिरगंज सम्म गएर महँगोमा डेंगु,मलेरिया जस्ता रोग परीक्षण गराउन बाध्य भएको गुनासो गरेका छन ।
यसैगरी के–३९ कालाजारको नि.शुल्क हुने परीक्षणमा स्वास्थ्य कार्यालयको प्रगोगशाला फाटमा नहुदा विरामीहरुले बाहिरको निजी ल्याबमा परीक्षण गराउदा एक हजार रुपैयाँ लागेको सोनु यादवले दुखसो पोखे ।

स्वास्थ्य कार्यालयमा मलेरिया एन्टिजेनको पनि परीक्षण गराउन जादा त्याहा बसेका ल्याब टेनिसियन साहले मोबाइलको भिडियो कलमा बिजि हुदा उनले सुरुमा भने चेक हुदैन पछि १० मिनेट पछि जादा उनले भने हुन्छ भनेको सेवा लिन आएको स्थानीय सेवाग्रही उनले बताए ।
डेंगुको विरामी बढे पनि अहिले यसको नियन्त्रणमा खासै प्रभावकारी परीक्षण हुन सकेको छैन उनको भनाई छ ।
यस विषयमा जनस्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादव संग प्रतिकृया लिदा यहा रोगको परीक्षण जबर्जस्ती भईरहेको उनले बताए । स्टाफ पनि दिएको छैन एक जना ल्याब टेक्निसियन विशेष टीबी रोगको परीक्षण गरिरहेका छन् ।
तर डेंगु,मलेरिया,कालाजाको केश नभएकोले अहिले सबै भन्दा बढी टीबी रोगको परीक्षण हुने उनले प्रमुख यादवले बताए ।
कलैयादेखि बिरगन्जसम्म का विरामीहरुको परीक्षण भईरहेको र अतिरिक्तमा डेंगु,मलेरिया रोगको परीक्षण समय अनुसार हुने गरेको तथा कार्यालयमा रोग परीक्षण गर्ने किट रहेको समेत उनले बताए ।
डेंगु,मलेरिया,रोग परीक्षण गर्ने किटको म्याद समाप्त हुने ६ महिनाको समय हुन्छ,केश आउदैन,किट ल्यायो भने म्याद समाप्त हुने र कालाजारको किट हुदैन ब्लड निकालेर अस्पतालमा परीक्षण हुने उनेले बताए ।
डेंगु रोग लाग्ने बेला भयो मलेतिया रोग परीक्षण गर्ने किट समेत र यदि गर्नु पर्यो भने ४ वा ५ वटा किट हुन्छ मेन समस्या के हुन्छ भने कि उसको समाप्त हुने म्याद कम हुने र छिटै समाप्त हुन्छ यदि रोग परीक्षण गर्ने किट हुदैन भने छिटै ल्याउने समेत उनले बताए ।
अस्पतालमा पनि परीक्षण गर्ने किट दिने गरेको उनले बताए । तर बाहिर किल्निकमा परीक्षण गराइयो भने महगो हुन्छ प्रमुख यादवले समेत बताए ।


