बारा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा एक जना फरार रहेका प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी उनलाई पक्राउ गरेको हो ।
प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा अदालतबाट ७० हजार रुपैयाँ जरिवाना पाएका बाराको देवताल गाँउपालिका वडा नम्बर २ बस्ने अन्दाजी ३० वर्षीय उपेन्द्रराय यादव भन्ने उपेन्द्रप्रसाद यादवलाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

