गाँजा सहित इनर्वा भन्सारबाट तीन जना पक्राउ

साझेदारी दैनिक
275 पाठक संख्या

अवैध लागु औषध गाँजा सहित पर्साबाट तीन जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वा भन्सार मेनगेटबाट प्रहरीले गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ बस्ने १८ वर्षका ईमताज आलम र भारत पूर्वी चम्पारण मोतिहारी जिल्ला थाना भेलाही मुसहरवा– २ बस्ने २२ वर्षीय नवरेज आलम रहेका छन ।

रक्सौलतर्फ जाँदै गरेको अटोमा सवार इमताजको साथबाट लागु औषध गाँजा बरामद गरेकोे छ ।

उनले बोकेको कालो झोलाभित्र लुकाईछिपाई राखिएको अवस्थामा गाँजा ५ केजी ७२० ग्राम फेला परेको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।

यसैगरी वीरगञ्ज महानगरपालिका १७ अलौस्थितबाट लागू औषध गाँजा २.५ किलो ग्राम सहित एक जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका–७ फुलकौल गाउँ बस्ने बर्ष ३१ को बिसेश्वर प्रसाद यादव रहेका हुन् । 

गाँजासहित पक्राउ परेकाहरुमाथि लागु औषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान पर्सा प्रहरीले गरिरहेकोे छ ।

Leave a review