खानेपानी आयोजनाको अनुगमन

साझेदारी दैनिक
697 पाठक संख्या

रबिन्द्र प्रसाद साह/
कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित पर्सा कट्टिमा निर्माण भैरहेको सुरक्षित खानेपानीको लागि पानी टन्की निर्माणको हालको अवस्थाको अनुगमन गरिएको छ।

कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादवको नेतृत्वमा उक्त खानेपानी आयोजनाको निर्माणको अनुगमन गरिएको हो । जनजागरण युवा क्लबका प्रतिनिधी सहित बाराका विभिन्न सरोकारवाला व्यक्तिहरु तथा स्थानीयको उपस्थितिमा सो अनुगमन गरिएको हो ।

उक्त खानेपानीको ट्याङ्की कलैया उपमहानगरपालिका र यूनिसेफको सहयोग तथा जनजागरण युवा क्लब बाराकाको समन्वयमा निर्माण भैरहेको छ।

Leave a review

This will close in 0 seconds