कृषि ज्ञान केन्द्र बाराले आहवान गरेको मोटरपम्प सहित स्यालो ट्युववेल जडानको आहवानमा ४ गुणा भन्दा बढी निबेदन दर्ता गराएका छतक भएको छ ।
यसबर्ष दुई सय मोटरपम्प सहित स्यालो ट्युववेल जडानका लागि ८५ प्रतिशत अनुदान दिने गरी सुचना गरेको थियो । तर आवश्यकता भन्दा ४ गुणावढी निवेदन दर्ता भएका छन् ।
दुई सयका लागि आवेदन मागेको ८ सय ६४ निवेदन आयो । यसले गर्दा दवाव,प्रभावका विभिन्न झमेला सहनु परिरहेको ज्ञान केन्द्र बाराका प्रमुख राजनारायण प्रसाद साहले सुनाउनुभयो ।स्यालो ट्युववेल जडानका लागि आवेदन गर्नेको संख्या अझ धेरै छ ।
यसबर्ष कार्यालयले जिल्लाका सहकारी र अन्यगरी विभिन्न १६ वटा संस्थाहरुसँग मिलेर दुईबालि धान उत्पादन तथा धान र गहुँको बिउ उत्पादनको काम गरिरहेको छ । ती संस्थाहरुको सहयोगमा यस कार्यालयको अनुदानमा स्यालो ट्युववेल जडानको काम भैरहेका छन् । संस्थाहरुमा समेत निवेदन दिने र सुविधा माग्न आउनेको संख्या उस्तै छ, उहाँले भन्नुभयो ।
यसबर्ष कार्यालय आफैंले र संस्थाहरु मार्फत ६ सयबढीलाई स्यालो ट्युववेल जडान गउँदैछ । तर माग बर्षेनी बढीरहेको छ । किसानको माग यस कार्यालयबाट मात्र सम्भव देखिँदैन । स्थानिय पालिकाहरुले समेत सिंचाई ब्यवस्थापनका लागि काम गरे केही दहसम्म राहत हुने देखिन्छ,कार्यालय प्रमुख साहले बुझाई छ ।जिल्लाको कुल क्षेत्रफल १,२९,५६३ हेक्टर रहेको छ । जसमध्ये ६९,५१६ खेती योग्य जमिन छ ।
यसैगरी बलौटो ५,११४ हेक्टर र वन क्षेत्रले ४७,१८२ हेक्टर ओगटेका छ ।यहाँको खेती योग्य जमिनमा धान,गहुँ,मकै,मसुरो,तोरी,उखु,केरा,आँप,लिचि लगायत अन्न,दलहन,तेलहन तथा फलफूलको खेती हुँने गरेको उहाँले बताएका छन ।
२०७८ सालको राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा अनुसार यस बारा जिल्लाको कुल जनसंख्या ७,६३,१३७ रहेको छ । जसमध्ये ३,८९,७८७ पुरुष र ३,७३,३५० महिला रहेका छन् ।

