Sajhedari Daily
Latest News from Nepal

यादव दम्पतिको सहयोगमा दुई सय विपन्न परिवारलाई कम्बल वितरण

रबिन्द्र प्रसाद साह/
कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित लक्ष्मी यादव र राजभरी देवी अहिरिनको आयोजनामा विहिवार दुई सय परिवारलाई न्यानो कपाडा वितरण गरिएको छ ।

माघे संक्राति पर्वको अवसरमा यादव दम्पतिले कलैया उपमहानगरपालिका वडा नं. १,२,३ र ४ का दुई सय गरिब असाहाय ,बिधुवा दलित एव बिपन्न परिवारलाई न्यानो कपडा स्वरुप कम्बल वितरण गरेका हुन ।

यादव दम्पतिले एक कार्यक्रमको आयोजनामा आयोजित कम्बल वितरण कार्यक्रममा विघटित प्रतिनिधी सभाका सांसद रामबावु यादव, प्रदेशसभा सांसद ज्वालाकुमारी साह, पारसप्रसाद साह, कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादव, संविधानसभा सदस्य डा.शोभाकर पराजुली लगायतकाको सहभागिता रहेको थियो ।

यादव दम्पतिले यो सहित १४ औ पटक दलित, असाहय, अति विपन्न परिवारलाई कम्बल बितरण गरि सकेका छन ।