सुन तोलामा रु एक हजार छ सयले बढ्यो

साझेदारी दैनिक
298 पाठक संख्या

काठमाडौँ, २० असार । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजार सात सयमा कारोबार भएकोमा आजका लागि भने रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ ।

यसैगरी तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजारमा कारोबार भएकामा सोही परिमाणको तेजाबी सुन आजका लागि रु एक लाख ४३ हजार छ सय तोकिएको छ ।

यसैगरी चाँदीको मूल्य तोलामा रु ४० ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय २५ मा कारोबार भएको चाँदीको मोल आजका लागि भने रु एक हजार आठ सय ६५ निर्धारण भएको छ ।

रासस

TAGGED:
Leave a review

This will close in 0 seconds