वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

कोरोना संक्रमणका कारण डाबर नेपालमा कार्यरतm एक मृत्यु

राम मण्डल /
कोरोना संक्रमणका कारण एक भारतिय नागरिकको आइतबार वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण भारत जिल्ला मधुवनी रामनगर थाना टिमरी पुर्वी टोल घर भएका भारतीय नागरिकको मृत्यु भएको हो ।

भारत घर भई हाल बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ स्थित डाबर नेपाल कम्पनीमा लेखापालको पदमा कार्यरत ती भारतीय नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएको बाराका प्रहरी प्रबक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन ।

३५ बर्षका उनको श्वासप्रश्वासमा समस्या आएपछि गत बैशाख ५ गते नारायणी अस्पतालमा पिसिआर परिक्षण गर्दा त्यसको भोलिपल्ट उनमा कोरोना पुष्टि भएको उनले बताए । संक्रमित पुरुषको वीरगञ्जको नारायणी बयोधा अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ४ बजे मृत्यु भएको मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
सम्बन्धित समाचार
error: Content is protected !!