विश्वासको दिएसंगै प्रदेश सरकारमा काग्रेस पनि सहभागी हुदै चार मन्त्रालय सहित पर्साका क्षेत्रीले प्रदेश सरकारमा नेतृत्व गर्ने

राम मण्डल
289 पाठक संख्या

प्रदेश सरकारका मुख्यमन्त्रीलाई विश्वासको मत दिएसंगै अब नेपाली काँग्रेस पनि मधेस प्रदेश सरकारमा सहभागि हुने भएको छ ।

केन्द्रमा भएको नयाँ सता समीकरण अनुसार नेपाली काँग्रेस मधेस प्रदेश सरकारमा पनि सहभागी हुने भएको छ ।

नेपाली काँग्रेसले चार वटा मन्त्रालय लिएर मधेस प्रदेश सरकारमा सहभागी हुने भएको हो । नेपाली काँग्रेसबाट चार जना नयाँ मन्त्रीहरुको नाम समेत आईतबार टुँगो लागि सकेको छ ।

पर्सा क्षेत्र नम्बर ३ (ख) बाट निर्बाचित भएका प्रदेश साँसद जनाद्र्धन सिँह क्षेत्रीको नेतृत्वमा काँग्रेस प्रदेश सरकारमा सहभागी हुने भएको छ । क्षेत्री पनि मन्त्री बन्न लागेका छन ।

काँग्रेसले चारवटा मन्त्रालय पाएको क्षेत्रीले बताए ।उनले मन्त्रीहरुको नाम समेतको अन्तिम टुँगो लागिसकेको बताए । उनले आफनो नेतृत्वमा नै प्रदेश सरकारमा सहभागी हुने जानकारी दिए ।

केन्द्र सरकारमा एमाले र काङ्ग्रेस मिलेर नयाँ सहमति गरे पछि मधेस प्रदेशमा सोही अनुसार प्रदेस सरकार अघि बढेको छ ।

शनिबार नै जनमत पार्टी बाट निर्वाचित भएका मुख्यमन्त्री सतिस कुमार सिंहले बिश्वासको मत लिएका थिए । केन्द्रमा भएको सहमति अनुसा नै कांग्रेसले सिंहलाई बिशवासको मत दिएको थियोे ।

केन्द्रमा नया सता समीकरण अनुसार नै मुख्यमन्त्री सिंहले माओवादी,नेकपा एकीकृत समाजबादी,नेपाल संघीय समाजबादी र नागरिक उन्मुक्ति पार्टीका ६ जना मन्त्रीहरुलाइ शनिबार नै बर्खास्त गरेका थिए ।

यसअघि मधेस प्रदेशमा जनता समाजबादी पार्टी नेपालका सरोज यादवको नेतृत्वमा सरकार थियो । उनको सरकार ढलेपछि एमाले लगायत अन्य दलको साथ पाएर जनमत पार्टीले आफनो नेतृत्वमा प्रदेश सरकार बनाएको थियो ।

अहिले प्रदेश सरकार काँग्रेस एमाले दुबैलाई मिलाएर मन्त्री मण्डल बिस्तार गर्न लागेको हो ।

Leave a review