एन प्याबशनले प्रअ र शिक्षकलाई तालिम दिने

राजेश कुशवाहा
402 पाठक संख्या

परवानीपुर : नेशनल प्याब्सन बाराको बिस्तारित बैठकले प्रधानाध्यापक र शिक्षकलाई तालिम दिने भएको छ ।

बाराको परवानीपुर स्थित हेरिटेज पब्लिक स्कुलमा शनिबार बसेको नेशनल प्याब्सन बाराको बिस्तारित बैठकले यस्तो नियर्ण गरेको हो ।

एन प्याबशनका अलि महमद अंसारीको प्रमुख आतिथ्यमा प्याबशन बाराका अध्यक्ष प्रभुलाल प्रसाद कुशवाहाको अध्यक्षतामा बसेको बैठकले तीन बुँदे निर्णय गरेको छ।

बैठकले प्रत्येक पालिकाले असार २० गते सम्म जिल्ला सचिवलाई पालिका गतिबिधि,समस्या,प्रगतिहरूको समिक्षा बैक गरी प्रतिवेदन बुझाउने लगायतको निर्णय गरेको छ ।

बैठकमा एन प्याबशनका जितेन्द्र प्रसाद यादव,बसन्त ढकाल,नगर अध्यक्ष अनिल तिवारी,सिकेन्द्र प्रसाद कुशवाहा,बिनोद मणि महतो,प्रभु यादव,रबिन्द्र प्रसाद साह लगायतको सहभागिता रहेको थियो । उक्त बैठकमा सञ्चालन पुन्यदेव चौधरीको रहेको थियो ।

Leave a review