घण्टिमाई सकोसद्वारा पायल्स र फिस्टुला उपचार शिविर सम्पन्न

रञ्जन यादव
201 पाठक संख्या

सिमरा : बाराको सिमरामा रहेको घण्टिमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेड औराहाको आयोजना र एन्जल फाउन्डेशनको सहकार्यमा एक दिने निःशुल्क गुप्तरोग पायल्स ,फिस्टुला र फिसर सम्बन्धि चेकजाँच तथा उपचार शिविर सम्पन्न भएको छ।

शिविरमा कुल ३८ जना बिरामीले स्वास्थ्य परीक्षण तथा उपचार गराएका थिए। बिरामीहरूको प्रारम्भिक चेकजाँच निःशुल्क गरिएको थियो भने उपचार सेवामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको सहकारी संस्थाका अध्यक्ष कोपिला सिमखडाले जानकारी दिईन् ।

शिविरमा अनुभवी चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेका थिए। शिबिरमा ३१ जना महिला र ७ जना पुरषले चेकजाँच गराएका थिए ।स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रमले स्थानीयवासीलाई राहत पुगेको सहभागीहरूले बताएका छन्।

सहकारी संस्थाका प्रतिनिधिहरूका अनुसार आगामी दिनमा पनि यस्ता स्वास्थ्यमुखी सामाजिक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने अध्यक्ष सिमखडाले बताईन् । शिबिरमा प्राबिधिक सहयोग एन्जल फाउन्डेशनले गरेको थियो ।

Leave a review

This will close in 0 seconds