शुक्रबार बिहान वीरगञ्जबाट काठमाडौं जादै गरेको एन्जल ट्राभल्सको बस दुर्घटनामा परि आफन्त बेपता भएपछि पर्साबासी चिन्तित बनेका छन ।
वीरगञ्जबाट छुटेको प्रदेश नम्बर ३ ००६ ख १५१६ एन्जल बसमा चालक,सहचालकसहित २४ जना यात्रु सवार बस शुक्रबार बिहान पहिरो खसेर त्रिशुली नदीमा बेपत्ता भएको हो ।
उक्त बसमा पर्सा जिल्लाका करिब दर्जन ब्यक्तिहरु सवार रहेका थिए । उनीहरु सबै जना अहिले बेपता रहेका छन ।घटना भएको २४ घण्टा भन्दा पनि बढी बितसिकेको छ ।
उद्धार टोलीले लागातार उद्धारमा खटिदा समेत न त कसैको शब फेला परेको छ । नत अहिले सम्म दुर्घटनामा बेपता भएको बस नै फेला परेको छ ।
उक्त बसमा आफनो सात कठा खेत बन्धकी राखी सखुवा प्रसौनी गाउँपालिका २ जमुनिया निवासी हृदय नारायण राउत उनकी श्रमिती भगवती देबी र बिरामी छोरी चन्द्रप्रभा कुमारी बेपता भएका छन ।
भएभरको खेत पनि बन्धकी राखेर छोरीको उपचारको लागि काठमाडौं जादै गरेका उनीहरु बेपता भएपछि अहिले आफन्तहरु रुवाबासीमा परेका छन ।
राउत परिवारका सदस्यहरु दुर्घटनामा परेको खबर पाउने बितिक्कै देखि नै पिडामा परेका छन ।उपचारको लागि जादै गरेका आफन्तहरु दुर्घटनमा परि बेपता भएपछि उनीहरुको अवस्थालाई लिएर चिन्ता राउत परिवारमा छ ।
यसैगरि सोही गाउँपालिका ३ निवासी महुवन स्वास्थय चौकीमा कार्यरत रहेका ल्याब असिसटेन्ट रैफुल आलम र रोडियोग्राफर सृष्टि यादव पनि बस दुर्घटनामा परि बेपता भएका छन ।
उनीहरु जापान जानको लागि परिक्षा दिन काठमाडौं हिडेका थिए ।तर सृष्टिको जापान जाने सपना उनीसंगै बाटोमा नै हराएको छ ।
यस्तै पर्साकै बहुदरमाई नगरपालिका ८ रामनगरीका स्थानीय दुई जना युवक ओमहरि यादव र सुजित साह काठमाडौं अध्यनको लागि जाने क्रममा बस पहिरोले बगाउदा बेपता भएका छन ।दुबै युवकका परिवार पनि अहिले चिन्तामा परेको छ ।
भबिष्य निर्माण गर्न भनि काठमाडौं जान लागेका उनीहरु सवार बसमाथि पहिरो खस्दा बससहित यात्रुहरु त्रिशुली नदीमा बेपता छ ।त्यस्तै पर्सागढी नगरपालिका ७ का तिनजना समेत सोही बसमा सवार भई उपचारको लागि काठमाडौं जादै थिए ।
बस दुर्घटनामा परि आफनो पालिकाका एकै परिवारका तीन जना र दुई जना कर्मचारीहरु बेपता भएपछि सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादव घटनास्थल पुगेका थिए ।
उनले चाडै उद्धार हुने कुरामा बिश्वास ब्यक्त गरे ।हालसम्म आफनो पालिकामा काईरत कर्मचारी वा बेपता भएका स्थानीयको जानकारी भने नपाएको उनले बताए ।
त्यस्तै दुर्घटना भएपछि उद्धारमा एक दिन बितेपछि शनिबार जनता समाजबादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनरेश यादव पनि घटनास्थलमा पुगेका थिए ।उनले चाँडै उद्धार गर्न सरकारसित माँग गरेका थिए ।
पर्सा जिल्लाबासीहरु बेपता भएकाले जिल्लाबासी चिन्तित रहेका कारण घटनास्थलमा उनी पुगेका हुन । यस्तै दुर्घटनमा परि बेपता भएकाहरुको परिवारजन पनि अहिले घटनास्थलमा पुगेर बेपता भएका आफन्तको खोजी होला भन्ने आशमा बसेका छन ।


