विकास निर्माणको कार्यमा सबै पक्षको सहकार्य आवश्यक छ : मन्त्री यादव

साझेदारी दैनिक
380 पाठक संख्या

वीरगञ्ज : संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले “नाला तथा ढलान निर्माणपछि वीरगञ्जका धेरै क्षेत्रको जल निकासी प्रणाली सुधार हुने बताएका छन ।

वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुरदेखि पटेलनगर जाने सडक खण्डमा नाला तथा ढलान निर्माण कार्यको आईतबार शिलान्यास गर्नु हुँदै मन्त्री यादवले यस्तो बताएका हुन । सो अवसरमा बोल्दै मन्त्री यादवले वीरगञ्ज महानगरपालिका–१८ सुप्चैना र वडा न २१ परवानीपुर क्षेत्रमा अब जल निकासी प्रणालीमा सुधार हुने बताउनु भयो ।

शिलन्यास गरिएको यो सडक निर्माण सम्पन्न भएपछि सो क्षेत्रमा वर्षातको समयमा हुने जल जमावटको समस्या पूर्ण रुपमा समाधान हुने र आवागमनमा समेत सहजता आउने मन्त्री यादवले बताए ।

विकास निर्माणको कार्यमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताउदै यसैगरी मन्त्री यादवले स्थानीय पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नागरिकको दैनिक जीवन सहज बनाउन यस्ता आयोजना निकै महत्वपूर्ण रहेको बताएका हुन । सोही अवसरमा सम्बोधन गर्दै मन्त्री यादवले नागरिकको दैनिक जीवन सहज बनाउन सरकार पूर्ण प्रतिबद्ध रहेको जनाए ।”

यसैगरी उहाले यो क्षेत्र आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने भएकाले यस वडाका जनताको समस्या बुझेर उहाँहरुको सुविधाका लागि आवश्यक बजेट विनियोजन गरी यो कार्यको शुभारम्भ गरिएको समेत उहाले जानकारी गराए ।

करिब एक करोड ७२ लाखको लागत निर्माण शिलान्यास गरिएको उक्त नाला तथा ढलान निर्माण वडानं १८ सुप्चैना र वडा नं २१ परवानीपुर सम्म एक हजार २५६ मिटर लम्बाई रहेको वीरगञ्ज महानगरपालिका–२१ का वडाध्यक्ष राधेकृष्ण साह रौनियारले जानकारी दिएका छन ।

Leave a review

This will close in 0 seconds