साना किसान कृषि सहकारी संस्था सिमराले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.११ खैर्वा स्थित श्री नेपाल राष्ट्रिय अधारभुत विद्यालयलाई खानेपानी सामग्री बितरण गरेको छ ।
संस्थाले आफनो स्थापना दिवसको अवसरमा तातो र चिसो पानी पार्ने मेसिन र एक जार पानी बितरण गरेको हो ।
समाजिक उत्तरदायित्व अन्तर्गत संस्थाका अध्यक्ष कमला कुमारी रिमालले सो सामग्री विद्यालय ब्यवस्थापन समितिका सदस्य असमनी देबी माझीलाई हस्तान्तरण गर्नुभएको थियो ।
त्यस्तै डि.आर.फुड नेपालका प्रोप्राईटर राग्नी चौधरीले आफनो संस्थाको तर्फबाट दुई थान स्टेन पंखा बिद्यालयलाई बितरण गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रमकावीच झालरबत्ती ग्रुपले दुई थान वाईट बोर्ड प्रदान गरेको थियो ।
वडा नं.११ का समाजसेवी संजय चौधरीले विद्यालयको दैनिक खर्च ब्यवस्थापनको लागि रु ५ हजारको चेक विद्यालयका प्रधानाध्यापक प्रमोद चौधरीलाई प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा वडा सदस्य चिन्ता देबी राम,साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक कुलोत्तम पोख्रेल,समाजसेवी दिपनारायण राय लगायतको सहभागिता रहेको थियो ।
स्वागत मन्तब्य विद्यालयका पुर्बप्रधानध्यापक अरुण चौधरीको रहेको थियो भने सञ्चालन विद्यालयका प्रधानाध्यापक चौधरी गरेका थिए ।

