विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाईयो,प्रदेश सरकारले ३ करोड ६१ लाख वितरण गर्ने

साझेदारी दैनिक
352 पाठक संख्या

कलैया : मधेस आन्दोल सहित पटक पटक गरी सहादत प्राप्त मधेसी शहिदहरुको सम्झनामा र सम्मानमा हरेक बर्ष माघ ५ गते मधेस प्रदेशमा बलिदानी दिवस माईदै आएको छ ।

बलिदानी दिवसका अवसरमा शनिवार बारा लगाए मधेस प्रदेशका ८ वटै जिल्लाहरुमा विभिन्न कार्यक्रमगरी बलिदानी दिवस मनाईएको छ ।

मधेस केन्द्रीत दलहरुले विभिन्न स्थानहरुमा बलिदानी दिवस मनाउदै औपचारीकता मात्र निभाएका छन । यसैगरी विगत ७ बर्षदेखी मधेस सरकारले पनि बलिदानी दिवस मनाउँदै आएको छ ।

बाराको कलैयामा पनि मधेसी दलहरुले बलिदानी दिवसका अवसरमा शनिवार प्रभाफरी,कोणसभा तथा दिप प्रज्वलन गरी दिवस मनाईएको छ । मधेस प्रदेशका ८ वटै जिल्लाहरुमा पनि बलिदानी दिवस मनाईएको हो ।

यसैगरी मधेस प्रदेश सरकारको गृह सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको मधेशी शहीद प्रतिष्ठानको आयोजनामा मधेस प्रदेश सरकारले शनिबार जनकपुरधाममा बलिदानी दिवस मनाएको छ ।

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतीस कुमार सिंहले कार्यक्रममा प्रदेशका ८ वटै जिल्लाबाट आएका सहिद परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै नगद सहयोग गर्ने घोषणा गरेका हुन।

मधेसी सहिद भएका ६३ जना परिवारलाई प्रति परिवार ३ लाख रुपैयाँका दरले दिने मुख्यमन्त्री सिंहले घोषणा गरेका छन । यसैगरी ४७ जना सख्त घाईते भएकालाई २ लाख रुपैयाँ र ३६ जना मध्यम अवस्थाको घाईते भएकालाई १ लाख ५० हजार हजार र २४ जना साधारण घाईते भएकालाई १ लाख रुपैयाँ दिन प्रदेश सरकारले झण्डै ३ करोड ६१ लाख रुपैयाँ वितरण गरिने मुख्यमन्त्री सिंहले कार्यक्रममा घोषणा गरेका छन् ।

उनले सहिद परिवारका सदस्यहरुका लागि बिमा कार्यक्रम,छोराछोरीका लागि छात्रवृति लगायतका सुविधा यसै वर्ष देखि सुरु गर्न लागेका बताएका छन । मुख्यमन्त्री सिंहले सहिद परिवारका सदस्यहरुको व्यवस्थापनका लागि रोड म्याप तयार गरेर रोजगारी,शिक्षा,स्वास्थ्यलगायतका सेवा सुविधा दिने प्रतिबद्धता जाहेर गर्नुभयो ।

Leave a review

This will close in 0 seconds