वडा कार्यालय ६ सय बृद्धबृद्धाहरुको निशुल्क कोरोना विमा गर्ने

साझेदारी दैनिक
साझेदारी दैनिक 469 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब
जीतपुरसिमरा उपमहानगरपालिकाको एक वडा कार्यालयले सम्पुर्ण बृद्धबृद्धाहरुको कोरोना बिमा निशुल्क गरिदिने भएको छ । उपमहानगरपालिकाको वडा नं.२१ को कार्यालय अम्लेखगंजले एउटा सुचना जारी गरी ६० बर्षभन्दा माथिका सम्पुर्ण बृद्धबृद्धाहरुको कोरोना बिमा गर्न लागेको वडा कार्यालयले जनाएको छ ।

कोरोना भाईरसबाट बढी गरी बृद्धबृद्धाहरु बढी प्रभाबित हुने गरेको वडा अध्यक्ष कृष्ण बहादुर ठकुरीले विमा गर्न लागिएको बताएका छन । बृद्धबृद्धाहरु रोगबाट संक्रमित भएमा भबिष्यमा निजको आर्थिक अवस्था र औषधी खर्चमा टेवा पुग्ने उदेश्यले वडा कार्यालयले कोरोना बिमा गर्न लागेको वडा अध्यक्ष ठकुरीले बताए । वडा कार्यालयले वडाभरिका ६ सय बृद्धबृद्धाहरुको जनही एक लाखको कोरोना बिमा गर्ने लक्ष्य राखेको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review