सिम्रौनगढमा ६ कोरोना संक्रमण पुष्टि

साझेदारी दैनिक
साझेदारी दैनिक 295 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बाराको सिम्रौनगढ नगरपालिकाका विभिन्न वडाहरुमा बस्ने ६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

सिम्रौनगढ नगरपालिकाकोे क्वारेन्टाइममा रहेको व्यक्तिहरुको गत ७ गते स्वाब संकलन गरी हेटौंडामा गरिएको जाँचबाट आज उनीहरु संक्रमण पुष्टि गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद प्रसाद पण्डितले जानकारी दिनुभयो ।

कोरोना संक्रमण हुनेमा सिम्रौनगढ नगरपालिका वडा नं.१ बस्ने २७ वर्ष,वडा नं. २ का २५ वर्ष,वडा नं.११ का २२ वर्ष र वडा नं.७ का ३८,४५,३४ वर्षको रहेको हो ।

संक्रमण व्यक्तिहरु केही दिन अगाडी भारतबाट आई सिम्रौनगको क्वारेन्टाइममा बस्दै आएको थियो । आज बारामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ११ जना भएको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review