भन्सार छली ल्याएको चार लाख मूल्य बराबरको कपडा बरामद

साझेदारी दैनिक
277 पाठक संख्या

भन्सार छली ल्याएको चार लाख मूल्य बराबरको कपडा पर्सा प्रहरीले बरामद गरेको छ ।

उसले वीरगञ्ज महानगरपालिका १४ गण्डक चोमा जाँचको क्रममा सार्वजनिक बसको डिकीमा लुकाई छिपाइ राखिएको भारतीय कपडा बरामद गरेको हो ।

बरामद गरिएका कपडालाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाईने पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए ।

Leave a review