पर्सामा महिला झै–झगडा,कुटपिट तथा अन्य निवेदन(सामाजिक हिंसा)मा बृद्धि भएको छ ।
बिगत तीन बर्षको तथ्याँकलाई हेर्दा जिल्लामा समाजिक हिँसामा बृद्धि भएको हो ।जल्ला प्रहरी कार्यालयले उपल्बध गराएको तथ्याँक अनुसार बिगत तीन आर्थिक बर्ष मध्ये भर्खरै बितेको आव ०८०÷८१ मा सबै भन्दा बढी समाजिक हिँसाको उजुरी जिल्ला प्रहरीमा दर्ता भएको छ ।
प्रहरी कार्यालयको तथ्याँक अनुसार आव ०७८/७९ मा पर्सामा एक हजार १२८ वटा महिला झै–झगडा,कुटपिट तथा अन्य निवेदन(सामाजिक हिंसा)को उजुरी परेको छ ।ती सबै उजुरीहरु सोही आर्थिक बर्षमा फर्छयौट पनि भएको छ । यस्तै ०७९/८० मा समाजिक हिँसाका एक हजार ५९४ वटा समाजिक हिँसाका घटनाहरु भएका छन।
यी घटनाहरु पनि सोही आवमा फर्छयौट भईसकेको छ ।त्यस्तै बितेको आर्थिक बर्ष ०८०/८१ मा भने तीन बर्ष मध्ये सबै भन्दा बढी दुई हजार २९९ वटा समाजिक हिँसाका घटना भएका छन ।यी मध्ये हालसम्म जम्मा एक हजार ८४७ वटा मात्रै उजुरी फर्छयौट भएको छ ।बाँकी चार सय २५ वटा उजुरी फर्छयौट बाँकी रहेको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले जानकारी दिए ।
बितेको तीन आर्थिक बर्षमा पर्सामा घरेलु हिँसाका उजुरीमा भने कमि आएको छ ।तीन आवमा सबै भन्दा बढी ०७८/७९ मा पर्सामा ६ सय २२ वटा घरेलु हिँसाका उजुरीहरु जिल्ला प्रहरी कार्यालयमा परेको थियो ।
आव ०७९/८० मा भने घटेर पाँच सय २७ वटा घरेलु हिँसाका घटनाहरु पर्सामा भएको जिल्ला प्रहरीको तथ्याँकले देखाएको छ ।त्यस्तै आव ०८०/८१ मा भने यस प्रकारको उजुरी घटेर जम्मा तीन सय ६० वटा भएको पर्सा प्रहरीले जनाएको छ।जस मध्ये आव ०८०/८१ को मात्रै फर्छयौट हुने उजुरीको सँख्या दुई सय ९० छ भने ७० वटा उजुरीहरु फर्छयौट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।


