कोल्हवीमा विपद ब्यवस्थापन कोष संचालन कार्यबिधि सम्बन्धी कार्यशाला सम्पन्न

साझेदारी डेलि
92 पाठक संख्या

कोल्हवी : बिनिता चौधरी / कोल्हबी नगरपालिकाको आयोजना र युनिसेफको सहयोगमा बाराको कोल्हबीमा बिहीबार एक कार्यशाला सम्पन्न भएको छ। यहाँस्थित पशुसेवा केन्द्रको सभाहलमा विपत व्यस्थापन कोष संचालन कार्यबिधि सम्बन्धी कार्यशाला सम्पन्न भएको हो।

कार्यक्रम मार्फत बिपत व्यवस्थापनको काम कर्तव्य र जिम्मेवारीको साथ साथै कस्ता कस्ता किसिमका पीडितहरुले कति कति रकम बिपत व्यवस्थापन शाखाबाट पाउन सकिन्छ भन्ने बारेमा जानकारी गराइएको थियो। कार्यक्रममा प्रशिक्षक रमेश सरले प्रशिक्षण दिएका थिए।

कोल्हबी नगरपालिकाकी उपप्रमुख लक्ष्मी कुमारी चौधरीको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा कोल्हबी नगरपालिका वडा न १ का वडा अध्यक्ष राजहरण चौधरी , २ का वडा अध्यक्ष गोपालप्रसाद अधिकारी , ४ का वडा अध्यक्ष बिष्णु प्रसाद मैनाली , ८ का अध्यक्ष अनूप सुबेदी , ९ का अध्यक्ष दलबहादुर चौधरी, लेखा प्रमुख सुरेन्द्र चौधरी , सहायक लेखा प्रमुख जोशी साह ,कार्यपालिका सदस्यहरु रनियादेवी चौधरी,राजकुमार दास ,इलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख रंजन मिश्र, स्वास्थ्य शाखा उपसंयोजक विश्वनाथ चौधरी , ११ का वडा सदस्य कपिलदेव ठाकुर, महिला सदस्य मंजू राम र सीता सहनी लगायतकाको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन लोकनाथ ओलीको रहेको थियो।

Leave a review