पर्सामा तीन बर्षमा साढे नौ सय बालबालिका हराए अझै दुई सय बालबालिका फेला नपरेको प्रहरीको तथ्याँक

राम मण्डल
355 पाठक संख्या

पर्सामा बितेको तीन आर्थिक बर्षमा महिला बालबालिकाहरु हराउने क्रम बढेको तथा उनीहरु मध्ये फेला पर्ने क्रम घटेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको तथ्याँक अनुसार पर्सामा पछिल्लो तीन आर्थिक बर्षमा नौ सय ५१ जना महिला बालबालिका तथा ज्येष्ठ नागरिक हराएका छन् ।

जसमा सबैभन्दा बढी बितेको आर्थिक बर्ष ०८०/८१ मा तीन सय ३२ जना हराएको पर्सा प्रहरीको तथ्याँकले देखाएको छ । यस आवमा एक सय ५६ जना बालिका,महिला एक सय ३२,बालक ४२ र जेष्ठ नागरिक दुई जना हराएका छन् ।

यस्तै आव ०७९/८० मा भने तीन सय २९ जना हराएकोमा एक सय ५५ बालिका,एक सय २३ महिला,बालक ४४ र जेष्ठ नागरिक सात जना हराएका छन् । त्यस्तै आव ०७८÷७९ मा भने कुल दुई सय ९० जना हराएकोमा एक सय ३३ जना बालिका,महिला एक सय ८,बालक ४५ र चार जना जेष्ठ नागरिकहरु हराएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

तीन आर्थिक बर्ष मध्ये खोजबिनको क्रममा सबै भन्दा बढी बितेको आव ०८०/८१ मा एक सय १४ जना बालबालिकाहरु फेला परेका छैनन । यस अवधिमा जम्मा दुई सय १४ जना मात्रै फेला परेका छन ।

त्यस्तै आव ०७९/८० मा भने ५४ जना बालबालिका फेला पर्न सकेका छैनन । यस आवमा जम्मा दुई सय ७५ जना बालबालिका खोजतलाश गर्दा फेला परेको पर्साका प्रहरी प्रबक्ता डिएसपी दिपक भारतीले जानकारी दिए ।

आव ०७८/७९ मा भने हराएका मध्ये दुई सय ९५ जना फेला परेका छन भने ३१ जना फेला पर्न सकेका छैनन ।तीन आर्थिक बर्षका् अवधिमा प्रहरीले आव ०७९/८० मा सबै भन्दा बढी दुई सण्य ३६ जना महिला बालबालिकाहरुलाई उद्धार गरेको छ ।यस्तै आव ०८०/८१ मा दुई सय २ र आव ०७८/७९ मा एक सय ९० जना महिला तथा बालबालिकाहरुको उद्धार गरिएको पर्सा प्रहरीले जनाएको छ ।

Leave a review