जसपा नेपालको माधवनारायणमा कार्यकर्ता भेटघाट,पार्टीलाई सुदृढ,मजबुत र एकतावद्ध बनाउने संकल्प

साझेदारी दैनिक
264 पाठक संख्या

ओमप्रकाश यादव/

जनता समाजवादी पार्टी नेपाल अहिले संगठन विस्तारमा जुटेको छ । उसले रौतहटले माधवनारायण नगरपालिकामा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।

पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुसंग संगठन निर्माणको विषयमा छलफल गर्न जसपा नेपालले माधवनारायण नगरपालिकामा बुधवार सखुअवामा पार्टीका नेता कार्यकर्तासंग भेटघाट गरेको हो ।

जसपा नेपालको माधवनारायण नगर कमिटिले आफ्ना नेता कार्यकर्ताहरुसंग तीन दिन देखि भेटघाट गर्ने कार्यक्रम जारी राखेको हो ।

माधवनारायण नगर कमिटिले पार्टीका नेता कार्यकर्ताहरुसंग संगठनलाई अझै बलियो बनाएर जाने विषयमा वृहद छलफल गरेको नगर कमिटि अध्यक्ष वीरेन्द्रप्रसाद यादवले साझेदारी दैनिकलाई बताए । यादव माधवनारायण नगरपालिकाको पूर्व नगरप्रमुख हुन् ।

मिसन २०८४ लाइ ध्यानमा राखी अहिलेदेखी नै संगठनलाई अझै मजबुत बनाउनका लागि पालिकाको प्रत्येक वडामा कार्यकर्तासंग भेटघाट गरी आवश्यक राय सुझाव र सल्लाह लिने काम भइरहेको नगर अध्यक्ष यादवले बताए ।

पार्टी संगठनलाई अझै सुदृढ,बलियो,शक्तिशाली र एकतावद्ध बनाउन सो छलफल गरिएको हो । माधवनारायण नगरपालिकाको प्रत्येक वडामा पार्टीका नेता,कार्यकर्ता तथा शुभचिन्तकहरुसंग भेटघाट तथा छलफल कार्यक्रमलाई तिव्रता दिइएको जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष श्याम विहारी यादवले बताए ।

यस क्रममा जिल्ला अध्यक्ष श्याम विहारी यादवले पार्टी फुट्यो भनेर व्यर्थमा चिन्ता नगर्न पार्टीका नेता कार्यकर्ताहरुसंग आग्रह गरे । उनले भने, ‘जो गयो, त्यो आफ्नो थिएन, जो आफ्नो हो, त्यो पार्टीको साथमा छ । त्यसैले पार्टी छोडेर गएकाप्रति धेरै चिन्ता नगरौं । जुन देशमा राजनीतिक स्थिरता हुँदैन त्यहाँ पार्टीको स्थिरता पनि हुँदैन, उनको भनाई थियो ।

उनले गैरकानूनी रुपमा जसपा नेपाल फुटाइएको घोषणा गरिएको जनाए । एक प्रतिशत कार्यकर्ता पनि अर्को पार्टीमा नगएको उनले दाबी गरे ।जसपा नेपालमा डेढ लाख क्रियाशील सदस्य रहेको जनाउदै तीमध्ये १ हजार पनि उता गएका छैनन् ।

केहि नेता मात्र पार्टीबाट फुटेर गएको उनले जनाए । तर पार्टीका सबै कार्यकर्ताहरु जसपा नेपालकै साथमा रहेको उनले बताए ।

मिसन २०८४ मा बढि भन्दा बढी सिट हासिल गर्ने गरी जसपा नेपाललाई अझै ठुलो र शक्तिशाली पार्टी बनाउन अहिलेदेखी नै संगठन निर्माणमा लाग्न अध्यक्ष यादवले सबैलाई निर्देशन दिएका छन्।

Leave a review