पाँचौँ बकुलिया भवानीपुर गोल्ड कप २०८० चैत्र १६ गते देखि

रञ्जन यादव
320 पाठक संख्या

पाँचौँ बकुलिया भवानीपुर गोल्ड कप २०८०  जीतपुरसिमरा उपमहानगरपालिकाको बकुलियामा हुने भएको छ ।

जनकल्याणकारी क्लब ,बकुलियाको आयोजनामा  चैत्र १६ गते देखि  सुरु हुने भएको हो । सो प्रतियोगिता चैत्र २१ गते सम्म चल्ने आयोजकले पत्रकार सम्मेलन गरी  जनाएको छ ।

प्रतियोगितामा आयोजक बकुलिया भवानीपुर, वीरगंज युनाईटेड ,पर्सागढी बढनिहार ,निजगढ ,मकवानपुर ,बर्दिबास ए.पि..एफ. र सर्लाही गरी आँठ क्लबको सहभागिता रहने छ। करिब २० लाखको लागतमा सो  प्रतियोगिता हुने भएको छ ।

जसमा वडा नं.५ को कार्यालय बकुलियाले ५ लाख र जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले ६ लाख रुपैया दिने प्रतिबद्धता ब्यक्त गरेको आयोजक क्लबका सचिव तथा वडा सदस्य ईश्वर चौधरीले जानकारी दिए ।

बाँकी  रकम चन्दा सङ्कलनबाट जुटाउँने उनले बताए ।  प्रतियोगितामायोगितामा बिजेता क्लबले रु २ लाख ,शिल्ड र मेडल  र उप बिजेता क्लबले रु १ लाख  ,शिल्ड र मेडल पाउँने क्लबका अध्यक्ष श्रीराम चौधरीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds