वीरगञ्ज : उपकार सेवा नेपाल नामक सँस्थाले वीरगञ्जमा रहेको एक विद्यालयलाई सोमबार पँखा सहयोग गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा रहेको सामुदयिक विद्यालयलाई संस्थाले एक कार्यक्रमवीच आठ थान पंखा सहयोग गरेको हो। सँस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुप महतो कोईरी,सहायक प्रधानाध्यापक बैजनाथ साहलाई पंखा हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा जनमत पार्टीका पर्साका संयोजक ओमप्रकाश सर्राफ उपकार सेवा नेपालका सदस्य सुमन बगारिया र अँकुश शर्मा तथा बिद्यालयको शिक्षक शिक्षिका,स्थानीय भद्रभलादमीहरुको उपस्थिति रहेको थियोे।
शिशु देखी कक्षा १० सम्म अध्ययनरत बालबालिकाहरुको स्वस्थ्य तथा गर्मी मौसमलाई दृष्टिगत गरी आठ थान सिलिङ पँखा सहयोग गरिएको सामजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए।
कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिका,विधार्थी लगायतको सहभागिता रहेको थियो।

