जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.२२ अमलेखगंजमा ३ नम्बर पुल देखि ढुकुवाबास जाने ग्रामीण सड्क निर्माणकोलागि एक करोड रुपैयाँ बिनियोजन भएको छ ।
आर्थिक बर्ष २०८१।०८२ कोलागि शहरी बिकाश मन्त्रालयबाट उक्त रकम प्राप्त भएको हो ।
शहरी तथा पूर्वाधार विकास कार्यालय वीरगंजको प्राबिधिक टोलीले स्थलगत,नाप तथा जाँचको काम अगाडि बढाएको छ ।
बारा क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ(किसान)को पहलमा उक्त बजेट प्राप्त भएको जनाईएको छ ।
बाराको पर्यटकीय नगरीको रुपमा अमलेखगंज प्रसिद्ध छ । तर दुरगामी दृष्टिकोण तथा पूर्वाधारको अभावमा सोचे जस्तो उपलब्धि प्राप्त हुन सकिरहेको छैन् ।

