एन्फा एकेडेमीका लागि निजगढ बाट ३ जना छनोट

साझेदारी दैनिक
साझेदारी दैनिक 205 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

नवराज चौलागाईं/

अखिल नेपाल फुटबल संघ एन्फाको यु १३ उमेर समुहको एकेडेमीका लागी बारा बाट ३ जना खेलाडीहरु छनोट भएकाछन । बाराबाट छनोट भएका तिनै जना निजगढका हुन ।

एन्फाले संचालन गरेको खुल्ला छनोट मार्फत पुरुषतर्फ बिकल रेग्मी र महिला तर्फ दिपिका चौधरी र सिम्रन थापा मगर छनोट भएका हुन । एन्फा एकेडेमीका लागि छनोट भएका मध्ये बिकल रेग्मी र दिपिका चौधरी निजगढ फुटबल क्लबका उत्पादन हुन ।

खेलाडी उत्पादनमा जोड दिदै क्लबले निरन्तर रुपमा संचालन गरेको ग्रासरुट प्रशिक्षणको कारण निजगढबाट विभिन्न उमेर समूह र राष्ट्रिय फुटबल टिममा निरन्तर रुपमा निजगढका खेलाडीहरुले स्थान बनाईरहेको निजगढ फुटबल क्लबका प्रशिक्षक सन्तोष गुरुङले बताएका छन ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review