एसिड पिडीतहरुको पिडालाई समेटिएर निर्माण गरिएको नेपाली चलचित्र“नमेटिने घाउ” अगामी भदौ ७ गतेदेखि प्रदर्शन हुने भएको छ ।
शनिबार पर्साको वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै चलचित्र नमेटिने घाउको निर्माण सम्पन्न भएकोले आउदो भदौ ७ गतेबाट प्रदर्शन गरिने जानकारी गराईयो ।
सत्य घटनामा आधारित रही बनाइएको उक्त चलचित ७ गतेदेखि देशका सिनेमाघरमा प्रदर्शन गरिने जनाईएको छ । पत्रकार सम्मेलन गरि चलचित्रका निर्माता निर्देशक रमित ढुँगानाले उक्त चलचित्र सिनेमा हलहरुमा भदौ ७ गतेदेखि प्रदर्शन हुने जानकारी गराएका छन ।
नेपालमा हालसम्म भएका ३३ वटा एसिड प्रहारका घटनाहरुमा घाईते भएका एसिड पिडीतहरुको समस्यालाई र यस्ता घटनाहरु हुन नदिनको लागि जनचेतना फैलाउने उदेश्यले चलचित्रको निर्माण गरिएको उनले बताए ।
चलचित्रमा बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली,पुर्ब प्रधानमन्त्री माधव नेपाल,साँसद ज्ञानेन्द्र शाही,देवेन्द्र पौडेल,नेपाल प्रहरीका एसपी कुमोद ढुँगेल,वीरगञ्जकी एसिड पिडीत मुस्कान खातुन,समाजिक अभियन्ता लिजा कोरानी,प्राप्ति पौडेल लगायतको मुख्य भुमिका चलचित्रमा रहेको निर्माता ढुँगानाले पत्रकार सम्मेलनमा जानकारी गराए ।
एसिड प्रहारका घटनाहरुलाई न्युनिकरण गर्नमा मदत पुग्ने उदेश्यका साथ चलचित्रको निर्माण गरिएकोले हेरेर सहयोग गरिदिन पत्रकार सम्मेलनमा वीरगञ्जकी एसिड पिडीत मुस्कान खातुनले आग्रह गरिन ।
नेपालमा बर्षैपिच्छे हुने एसिड आक्रमणका घटनाले छोरीहरुलाई बाटो हिड्न समेत ग्राहो हुने गरेकाले यसलाई रोक्न सबैले सहयोग गर्नुपर्ने चलचित्रमा अभियन समेत गरेकी समाजिक अभियन्ता प्राप्ति पौडेलले बताईन ।
तीन करोडको लागतमा निर्माण गरिएको चलचित्र नेपालमा एसिड आक्रमणका घटनाहरु भएको स्थानमा गएर छायाँकन गरिएको छ । चलचित्रमा एक सय २५ जनाले भुमिका खेलेका छन ।
पिडीतहरुको समस्या र त्यसपछिको अवस्थालाई देखाइएकोले दर्शकहरुले हेरेर एसिड प्रहारका घटनालाई निर्मुल पार्न चलचित्रले समाजमा साकारात्मक भुमिका खेल्ने निर्माता निर्देशक रमित ढुाँगानाले बताएका छन ।
पत्रकार सम्मेलनमा पत्रकारहरुले चलचित्रको बारेमा प्रश्न गरेका थिए । उक्त प्रशनहरुको जवाफ चलचित्रका कालाकारसँगै निर्माता निर्देशकहरुले दिएका थिए ।


