पर्सा र बाराबाट अठार हजारले बिदेश जना बनाए राहदानी

राम मण्डल
526 पाठक संख्या

आर्थिक वर्ष ०८०/८१ मा बारा र पर्सामा करिब २० हजार जनाले राहदानी लिएका छन ।

दुबै जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार यति जनाले राहदानी लिएका हुन् । विदेश जानको लागि भनेर जिल्ला प्रशासन कार्यालय पर्साबाट बितेको आवमा आठ हजार ४१३ जनाले राहदानी बनाएका हुन् ।

अघिल्लो आवमा पर्साबाट दस हजार २० जनाले राहदानी बनाएका थिए । राहदानी बापत जिल्ला प्रशासन कार्यालय पर्साले चार करोड तीस लाख ५५ हजार राजश्व संकलन गरेको छ ।

एउटा राहदानी सिफारिस गरे वापत जिल्ला प्रशासनले पाँच हजार शुल्क लिने गरेको छ ।यसैगरि बारामा १० हजार ४४२ जनाले राहदानी लिएका छन ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको बार्षिक तथ्याँक अनुसार सो मध्ये ६४ जना नाबालकहरुको पनि राहदानी बनाइएको छ ।नाबालकको हकमा उनीहरुको अभिभावकहरुले निवेदन दिएर राहदानी बनाउन मिल्ने ब्यवस्था रहेको छ ।

जिल्ला प्रशासन कार्यालय बाट नाबालकको राहदानी बनाउन दुई हजार पाँच सय शुल्क लाग्ने गरेको छ । राहदानी सिफारिस बापत बितेको आवमा पाँच करोड ७३ लाख ४० हजार राजश्व संकलन भएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

नेपालमा रोजगारी नपाएर बिदेशमा काम गर्न जाने मानिसहरुले बढी संख्यामा राहदानी बनाउने गरेका छन् । विदेश गएर अध्ययन गर्नको लागि विद्यार्थीहरुले पनि राहदानी बनाउने गरेका छन ।

Leave a review

This will close in 0 seconds