Sajhedari Daily
Latest News from Nepal

नागरिकता संशोधन गरि विदेशी महिलाको छोरा छोरीको पठनपाठनलाई नेकपाले बञ्चित गर्न खोज्यो -केस यादव

Top Aside Banner

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व सांसद राधेचन्द्र यादवले नेकपा सरकारले प्रस्ताव गरेको नागरिकता संशोधन बिधेयकले विदेशी बुहारीलाई दुःख दिने नियतले ल्याएको बताउनुभयो ।

नेपाली कांग्रेस बाराले प्रस्तावित नागरिकता संशोधन विरूद्ध प्रदर्शनपछि कलैया भरत चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य यादवले विवाहको ७  पछि ल्याईएको विधेयकले विदेशी बुहारीका छोराछोरीलाई पढनपाउनु पर्ने नैसर्गिक अधिकारमाथि दमन गर्न खोजेको अारोप लगाउनुभयो। वहांले भारतसंग रहेको रोटीबेटीको सम्बन्धलाई विगार्दै कोरोना महामारीमा १० अर्बको हिसाब किताब सार्वजनिक नगरी भ्रष्टाचार गरेको आरोप लगाउनुभयो ।

किसानहरूलाई सरकारले धान रोपाईको सिजनमा मलखाद्ध उपलब्ध गराउनुको साटो भ्रष्टाचारमा लिप्त रहेको यादवले अारोप लगाउनुभयो । कोणसभामा पुर्वमन्त्री कलावती पासवान क्षेत्रीय सभापति सुनिल गुप्ता, रामप्रवेश यादव, उपसभापति सुरेन्द्र गुप्ता, सचिव हरेन्द्र यादव, कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव, करैयामाई गांउपालिकाका अध्यक्ष भुनेश्वर धामी, नेविसंघका नेजामुदिन अंसारी लगायतकाले नेकपा र सरकारको रवैयाप्रति असन्तुष्टि जनांउदै नसिचए सडक देखि सिंहदरबार तताउने नेपाली कांग्रेस तयार रहेको र अान्दोलन गर्ने चेतावनी दिनुभयो ।

नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरसियाको सभापतित्वमा भएको कोणसभाको सञ्चालन नेपाल तरूणदल बाराका लुकेश सिंहले सञ्चालन गर्नु भएको थियो । यसअघि नेपाली कांग्रेस विपि स्मृति भवन कलैयाबाट निस्केको विरोध प्रदर्शन कलैया नगरको विभिन्न भागको नगर परिक्रमा गर्दै भरत चोकमा पुगी कोणसभामा परिणत भएको थियोे ।