कोल्हवी,०५ भदौ । धिरेन्द्र पनुहर/
बाराको कोल्हवी नगरपालिका वाड नम्बर १० बरेवा अन्तर्गत पर्ने जमुनी खोलामा झोलुङ्गे पुलको नगर प्रमुख रामप्रसाद चौधरीले उद्घाटन गरेका छन् ।
नगर प्रमुख चौधरीले बुधबार एक कार्यक्रमको बिच विधिवत तरिकाले रिवन काटी उक्त झोलुङ्गे पुलको उद्घाटन गरेका हुन् ।
बरेवा र करैयामाइ गाउँपालिका- ७ बारा बजार सडकखण्ड अन्तर्गत पर्ने जमुनी खोलामा झोलुङ्गे पुलको उदघाटन पश्चात वर्षा याममा हुने सास्तीबाट मुक्त पाएको भन्दै स्थानीयहारु हर्षित भएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले यो झोलुङ्गे पुल संचालनमा ल्याउन दिनरात मेहनत गरेर कार्य सम्पन्न गराउन प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नु भएको झोलुङ्गे पुल निर्माण समितिका पदाधिकारीहरु,निर्माण कम्पनी,जनप्रतिनिधि,समाजसेवी,अगुवा ब्याक्तित्व सबैलाई धन्यबाद दिनु भएको छ ।
पुल संचालन हुँदा बरेवा,बच्छनपुर्वा,अमाव,थस्कौल,वाड न ९ को पडरी,श्रीपुर,अरेम्बा बीर्ता,बारागढ़ी गाउँपालिका वाड नम्बर ५ को सिहासनी,पथरा लगायतका बासिन्दाहरु लाभान्वित हुने उनले बताए ।
वर्षाको समयमा यहाँका बासिन्दाहरुलाई सदरमुकाम कलैया जानको लागी लामो दुरी भएर जानु पर्ने बाध्यता अब समाप्त भएको बताए ।
उक्त उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस कोल्हवीका नगर कमिटी सभापति बिरेन्द्र प्रसाद चौधरी,नगर उपप्रमुख लक्ष्मी कुमारी चौधरी,नेपाली कांग्रेस कोल्हवी – १० का वडा सभापति सुरेशबाबु चौधरी,१० का वडा अध्यक्ष कुन्ज बिहारी चौधरी,वडा सदस्य कृष्णबाबु चौधरी,महिला सदस्य बिमला चौधरी,झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष लक्ष्मीनारायण प्रसाद चौधरी,समाजसेवि रबिन्द्र पनुहर,रामबाबु चौधरी,देवीचंद चौधरी,राजकुमार चौधरी लगायतका उपस्थिति रहेको थियो ।
मधेस प्रदेश सरकारको ७० लाख रुपैयाँको बजेटमा झोलुङ्गे पुल निर्माण भएको वडा सदस्य कृष्णाबाबु चौधरीले जानकारी दिएका छन् ।

