बारामा अनधिकृत प्रयोग भएका सात विद्युत मोटर नियन्त्रणमा

साझेदारी डेलि
214 पाठक संख्या

कलैया । बारामा अनधिकृत रूपमा विद्युत चोरी गरी सिँचाइमा प्रयोग गरिएका ७ थान विद्युत मोटर नियन्त्रणमा लिइएको छ।

नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र र सुरक्षाकर्मीको संयुक्त विद्युत चुहावट नियन्त्रण टोलीले बारा जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका ती मोटरहरू मंगलवार नियन्त्रणमा लिइएको हो।

कलैया वितरण केन्द्रका सुपरभाइजर दिपेन्द्र कुमार साहका अनुसार १ एच.पी.का ५ थान सिँचाइ मोटर, २ एच.पी.का २ थान मोटर, १ थान पङ्खा, १ थान स्पिकर र १ थान फर्निचर मेसिन बरामद गरिएको छ ।

नियन्त्रणमा लिएका मोटरका धनी सम्पर्कमा आएमा जरिवाना तिराएर फिर्ता गरिने अन्यथा ती सामग्री जफत गरिने उनले जानकारी दिए । उनका अनुसार विद्युत चुहावट नियन्त्रण अभियानलाई थप कडाइका साथ अघि बढाइने छ ।

Leave a review