यति एयरलाइन्सले सिमराबाट एक उडान थप्जे भएको छ । हाल सिमरा विमानस्थलबाट दुईवटा उडान भर्दै आएको यति एअरलाईन्सले एउटा उडान थप्दै छ ।
यति एअरलाईन्सको सिमरा स्टेशन प्रमुख दामोदर तिवारीका अनुसार दशैं अघिनै सिमरा विमानस्थलमा यति एअरलाइन्सका तीन ठुला विमानले उडान भर्नेछन् । हाल दुईवटा एटिआर ७२ विमानले सिमरामा सेवा दिईरहेको छ । यहाँ अर्को एटिआर ७२ को सेवा थप हुन लागेको तिवारीले जानकारी दिए ।
सिमरा–काठमाण्डौं–सिमरा रुटमा सबैभन्दा सस्तो भाडादरमा सुरक्षित तथा अन टाईम सेवा प्रदान यस एयरलाइन्सले गर्दै आएको छ । पछिल्लो समय यस क्षेत्रका यात्रुको रोजाईमा यति एअरलाइन्सपर्ने गरेको पाइन्छ ।
नेपालको हवाई सेवामा अग्रणी कम्पनीका रुपमा रहेको यति एअरलाइन्सले अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए) को मानक सुरक्षाकार्यक्रमको मापदण्ड (आईएसएसए) हासिल गरेको छ ।
उड्डयनको क्षेत्रमा आईएसएसएको यो प्रमाण–पत्र उत्कृष्ट हवाई सुरक्षा कायम गर्ने एअरलाइन्सलाई मात्र प्रदान गरिन्छ । यती एअरलाइन्सका सीईओ सुभाष सापकोटाले आईएसएसएको प्रमाण–पत्र प्राप्त गर्न गौरवान्वित भएको बताउँछन् ।
हवाई सुरक्षा र परिचालन प्रक्रियाहरुको गुणस्तर बढाउने प्रयासमा यो एउटा महत्वपूर्ण उपलब्धी भएको उनले बताए । यस उपलब्धीले सम्पूर्ण टोलीको कडा परिश्रम र समर्पणलाई प्रतिबिम्बित गरेको उनले बताए । यात्रुहरूलाई सुरक्षित र भरपर्दो हवाई यात्रा अनुभव प्रदान गर्ने प्रतिबद्धतालाई थप पुष्टि गरेको उनले बताए ।
आईएसएसए कार्यक्रमले प्रमाण–पत्रप्रदान गर्नुपूर्व एअरलाइन्स अपरेटरको सुरक्षा व्यवस्थापन प्रणालीको सूक्ष्म ढंगले मूल्याङ्कन गर्ने गर्छ । विभिन्न चरणमा मूल्याङ्कन गरी विश्वव्यापी मापदण्डका प्रत्येक आवश्यकता कार्यान्वयन गरेकोले यती एअरलाइन्सलाई आईएसएसए अपरेटरको मान्यता दिइएको हो ।
यात्रुहरूलाई सुरक्षित,भरपर्दो र गुणस्तरीय हवाई सेवाप्रदान गर्ने यती एअरलाइन्सको नयाँ मिसन हो । व्यापार विस्तारका क्रममा हवाई सुरक्षालाई उच्च प्राथमिकतामा राखी यात्रुहरुको सन्तुष्टि कायम गर्न प्रतिबद्ध रहेको यती एअरलाइन्सले जनाएको छ ।
त्यसैले,पछिल्लो समय एअरलाइन्सले विश्वव्यापी उड्डयन सुरक्षा मापदण्डहरू पूरा गरी अत्याधुनिक प्रविधि,प्रशिक्षण कार्यक्रमहरू र सुरक्षा व्यवस्थापन प्रणालीहरूमा व्यापक लगानी गरेको छ ।
आईएटीए द्वारा प्रदान गरिएको आईएसएसएको प्रमाण–पत्र यती एअरलाइन्सको अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्ड,प्रभावकारी व्यवस्थापन प्रणाली र कार्य सम्पादनमा निरन्तर सुधार भएको प्रमाण हो ।
यती एअरलाइन्स सन् २०१६ देखि नै आईएसएसए अपरेटरको रुपमा दर्ता हुँदै आइरहेको छ ।

