खत्री प्रति नेपाल कांग्रेस बाराको शोक

संदिप प्रसाद यादव
275 पाठक संख्या

मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका कुन्दन महथा खत्री प्रति नेपाल कांग्रेस बाराले शोक व्यक्त गरेको छ ।

नेपाली कांग्रेस बाराका कार्यालय सचिव अम्बिका यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै शोक व्यक्त गरिएको हो ।

नेपाली कांग्रेस बाराका क्षेत्रीय प्रतिनिधि तथा नेपाली कांग्रेस पार्टीबाट कलैया उपमहानगरपालिका वडा न.१३ को वडा अध्यक्ष पदमा निर्वाचित राजेश महथा खत्रीका छोरा २४ वर्षीय कुन्दन महथा खत्रीको अल्पायुमा मोटरसाइकल दुर्घटनामा शुक्रबार राति दुःखद निधन भएको थियो ।

खत्रीको निधनबाट नेपाली कांग्रेस बाराले समाजका एक होनहार युवालाई गुमाएको विज्ञप्तिमा लेखेको छ ।

उनको निधनप्रति नेपाली कांग्रेस जिल्ला कार्यसमिति,बारा गहिरो दुःख व्यक्त तथा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ विज्ञप्तिमा भनिएको छ ।

मृत आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना सो विज्ञप्तिमा प्रकट गरिएको छ ।

Leave a review