प्रणामी युवा परिषदद्धारा आयोजित कार्यक्रममा ४६ जनाले गरे रक्तदान

साझेदारी दैनिक
531 पाठक संख्या

निजगढ,०८ भदौ : “दुव्र्यसन त्यागौँ सेवामुखी बनौँ” भन्ने मुल नाराका साथ बाराको निजगढ नगरपालिका वडा नम्बर ६ स्थित सडकटोलमा शनिवार एक कार्यक्रमवीच रक्तदान कार्यक्रम सम्पन्न गरीएको छ ।

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रारम्भिक समिति सडकटोल निजगढ बाराको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी बीरगंज पर्साको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम भएको हो ।

कृष्ण प्रणामी मन्दिर सडकटोल निजगढ बाराको प्राङ्गणमा आयोजित उक्त बृहद खुल्ला रक्तदान कार्यक्रम ३८ जना पुरुष तथा ८ जना महिला गरि जम्मा ४६ जना रक्तदान गर्नुभएको आयोजक युवा परिषदले जनाएको छ ।

प्रारम्भिक समितिका अध्यक्ष जिवनाथ बन्जाराको अध्यक्षता तथा श्री कृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रिय सदस्य तथा परिषद बारा पर्सा इन्चार्ज दिपक सापकोटाको प्रमुख आतिथ्यमा भएको उक्त रक्तदान कार्यक्रमको भएको हो ।

रक्तदान कार्यक्रमको उद्घाटन समारोहमा श्रीकृष्ण प्रणामी मन्दिर निजगढ न.पा.–६ सडकटोलको प्रणामी नगरमा एक महिने बित्तक वाचक शास्त्री घनश्याम अधिकारी,वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना,श्रीकृष्ण प्रणामी युवा परिषद् मधेस प्रदेशका उपाध्यक्ष सङ्कलन तिमल्सिना,श्रीकृष्ण प्रणामी युवा परिषद् मधेस प्रदेश सचिव उमेश सापकोटा,श्री कृष्ण प्रणामी युवा परिषद् कृष्ण प्रणामी सेवा समिति जिल्ला अध्यक्ष श्री अर्जुन प्रसाद घिमिरे,श्री कृष्ण प्रणामी युवा परिषद् बारा जिल्ला अध्यक्ष श्री मोहन सापकोटा,निवर्तमान अध्यक्ष सुमन सुवेदी,मन्दिर सडकटोल सञ्चालक समितिका अध्यक्ष यादवकुमार तिमल्सिना लगायतको सहभागिता रहेको युवा परिषद् बारा जिल्ला सचिव दीपक बजगाईले जानकारी दिएका छन ।

Leave a review

This will close in 0 seconds