सात सय पचास लिटर अवैध घरेलु मदिरा नष्ट

संदिप प्रसाद यादव
260 पाठक संख्या

कलैया : बारा प्रहरीले सात सय ५० लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको छ।

प्रहरी कारवाहीको सिलसिलामा इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले सात सय पचास लिटर अबैध घरेलु मदिरा नियन्त्रणमा लिएर आइतबार नष्ट गरेको हो।

जिल्लाको जीतपुरसिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंज चौकमा प्रहरीले सवारी साधनको जाँच गरेको हो। हेटौडाबाट वीरगंज तर्फ आउदै गरेको बिभिन्न सवारी साधनहरू रोकि जाँचको क्रममै सो मदिरा बरामद भएको प्रहरीले जनाएको छ।

गाडीमा लुकाई छिपाई राखेको २५ पोका र ५ ओटा ग्यालन ७ सय ५० लिटर बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताएका छन् ।

सो अबैध घरेलु मदिराको मूल्य ७५ हजार रुपैयाँ बराबरको रहेको प्रवक्ता सापकोटाले जानकारी दिए।

Leave a review

This will close in 0 seconds