कलैया : जनता समाजवादी पार्टी नेपालले केन्द्रीय पदाधिकारी,कार्यकारिणी समिति र केन्द्रीय समिति तथा केन्द्री निकायहरुमा सदस्यहरुको मनोनयन गरेको छ ।
जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र प्रसाद यादवले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन् । जसपा नेपालको जेठ, २८,२९ र ३० गते सम्पन्न भएको एकताको राष्ट्रिय महाधिवेशनले पार्टीको विधान २०८० ( २०८१ संशोधित) धारा १४१(१) बमोजिम गरिएको अधिकार प्रत्यायोजन धारा २९(३)र धारा ८७ (१) मा व्यवस्था भए बमोजिम पदाधिकारीहरुको निर्णय भएको हो ।
पार्टीको सह अध्यक्षमा रकम चेम्जोङ्ग,उपाध्यक्षमा राजकिशोर यादव,मृगेन्द्रप्रसाद यादव,गोविन्द चौधरी,शिवलाल थापा मगर विद्युत बज्राचार्य रहेका छन् । पार्टीको महासचिवमा लालबाबु राउत,रामकुमार शर्मा आएका छन् ।
उपमहासचिवमा दीपक कार्की र रेखा यादव सचिवमा लिला सिटौला,शैलेन्द्र साह,सुनि लामा,राजकुमार राई,सुरेश शर्मा,लाक्पा शर्मा,कमरुद्धिन राई रहेका छन् । कोषाध्यक्षमा सुरिताकुमारी साह रहेकी छन् ।
कार्यकारिणी समिति सदस्यमा हरिनारायण यादव,अर्जुन थापा,डा. सुरेन्द्रकुमार यादव,अशेश्वर यादव,डा. कृष्णकुमार राई,निर्मला यादव,तारा विश्वकर्मा,राजकुमार गुप्ता ( राजु) जयराम यादव,रामकिशोर यादव(किशोरी) रहेका छन् ।
केन्द्रीय समिति सदस्यहरुमा धनुषा जिल्लाका रामअशिष यादव,प्रमिला महतो,प्रमिला सिंह,महाजन यादव,रामेश्वर महरा रहेका छन् । सप्तरी जिल्लाबाट केन्द्रीय सदस्यमा विनिता यादव, नेत्रविक्रम साह,पार्वतिकुमारी सिंह थारु,शैलेश चौधरी,बाराबाट रुपलाल चौधरी र डा.अब्दुलकलाम अन्सारी केन्द्रीय सदस्यमा परेका छन् ।
सर्लाहीबाट मिरादेवी मण्डल,मिना यादव धादिङ्गबाट चञ्चला पराजुलीनोरमान तामाङ्ग,पर्साबाट नुरुल होदा फकिर,नुवाकोटबाट देवराज घिमिरे,काठमाण्डौंबाट पल्टन ठाकुर केन्द्रिय सदस्यमा परेका छन्।
कैलालीबाट अमितकुमार सिंह,महोत्तरीबाट श्याम यादव,रौतहटबाट चुल्हाई राय यादव,सरस्वती जयसवाल केन्द्रीय समितिमा परेका छन् । झापाबाट धिरेन लावती,कमन देवान रिप्पल राई, काभ्रेबाट कान्छा तामाङ्ग,बर्दियाबाट सुधाकर मिश्र केन्द्रीय सदस्यमा परेका छन्।
केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा जगदेव यादव,सदस्यमा विष्णुकुमार लावती (पाँचथर),आरसि यादव( कैलाली),कैलाशप्रसाद यादव(सप्तरी) नारायणकृष्ण थापा(भक्तपुर) रामगोविन्द यादव (धनुषा) रहेका छन्।
केन्द्रीय लेखापरीक्षण आयोगको अध्यक्षमा आङ्गदेण्डी शर्पा,महेश्वरप्रसाद यादव(मोरङ्ग) उषा कुमारी (काठमाण्डौं),धर्मेन्द्रकुमार साह (महोत्तरी),भवानी आङ्गदम्बे (झापा) रहेका छन् । केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विश्वनाथ पटेल,सदस्यमा धर्मेन्द्रकुमार मरवैता (सिरहा),मनोज वर्मा ( काठमाण्डौं) विमल विश्वकर्मा,ओमकृष्ण श्रेष्ठ ( ललितपुर ) रहेका छन् ।

