घरमै पुगेर मन्त्री यादवले गरे महिला क्रिकेट खेलाडी यादवलाई सम्मान

साझेदारी दैनिक
245 पाठक संख्या

बारा : बाराको कलैया – ४ निवासी महिला क्रिकेट खेलाडी एलिशा यादवलाई घरमै पुगेर सोमबार सम्मान गरिएको छ ।

मधेश प्रदेशका समाज कल्याण तथा खेलकुद बिकास मन्त्री प्रमोद जयसवालले उनलाई सम्मान गरेका हुन्।

युथ–१९ एसिया कप तथा युथ–१९ विश्व कपमा यादव छनौट भएकोमा उनलाई सम्मान गरिएको हो। मन्त्री जयसवालले खेलाडी यादवले मधेश प्रदेशको मान सम्मान बढाएको जनाए।

मन्त्रालयले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको जनाउदै उनले खेलकुदले प्रदेशलाई अगाडी बढाउने जनाए। खेलाडीहरुको क्षमता अभिबृद्धीको लागि सहयोग गरिने उनको भनाई थियो।

उक्त अवसरमा बारा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रभात चौरसिया,कलैया क्रिकेट क्लबका अध्यक्ष तसरुदिन मंसुरको विशेष उपस्थिति थियो।

उक्त अवसरमा बारा जिल्ला क्रिकेट संघ तथा मधेश प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुभास जयसवाल,कलैया उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामेशवर यादव ,९ का पुरुषोत्तम सिंह पाण्डेय, २७ का अशोक तिवारी,लगायतको उपस्थिति थियो।

Leave a review

This will close in 0 seconds