करण कुमार मिश्र/ रौतहटको राजपुर नगरपालिकामा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन सञ्चालनमा आएको छ ।
नगरपालिकाका नगर प्रमुख डा.राजिक आलमले आइतबार एक समारोहका बीच उक्त सेवाकेन्द्र भवनको उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा बोल्दै नगर प्रमुख आलमले स्थानीय किसान तथा कृषि र पशुपन्छी क्षेत्रमा संलग्न व्यक्तिहरूलाई यो अत्यन्तै महत्वपूर्ण मानिएकाले छुटै् सेवा केन्द्र भवन सञ्चालनमा ल्याईएको बताएका छन ।
उनले यस केन्द्रको स्थापनासँगै अबदेखि स्थानीय किसानहरूले कृषि तथा पशुपन्छी सम्बन्धी सम्पूर्ण सेवा आफ्नै नगरपालिकामा पाउने बताए । यसले किसानहरूको जीवनस्तर उकास्न र उनीहरूको आयमा वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेसमेत उहाँको भनाई छ ।
उक्त भवनमा आवश्यक सबै सेवा सुविधा जस्तै कृषि परामर्श केन्द्र,पशुपालनको आधुनिक प्रविधिहरू,माटो परीक्षण,मल तथा बीउ वितरण,कृषिको बारेमा तालिम र अन्य आवश्यक सेवा सुविधा उपलब्ध गराइने योजना रहेको नगरप्रमुख आलमले जनाए ।
उद्घाटन कार्यक्रममा नगरका वडाध्यक्षहरू,कर्मचारी,नेता कार्यकर्ता,स्थानीय भद्रभलादमी,बुद्धिजीवी एवम् संचारर्मीहरुको समेतको उपस्तिथि रहेको थियो ।









