निजगढ : नवराज चौलागाईं/ मधेश प्रदेश क्रिकेट संघले १० जना खेलाडीलाई मासिक पारिश्रमिक दिने गरि करार सम्झौता गरेकोछ ।
संघले ८ जना पुरुष र २ जना महिला गरि १० जना खेलाडीहरुसंग सम्झौता गरेको हो ।
सम्झौता अनुसार खेलाडीहरुले मासिक १० हजार रुपैंया पारिश्रमिक पाउने मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठले बताएका छन ।
संघले मधेशको राजधानी जनकपुरधाममा विहीबार एक कार्यक्रमको आयोजना गरेर खेलाडीहरुसंग सम्झौता पत्र आदानप्रदान गरिएको अध्यक्ष महासेठले बताएका छन ।
यसरी करार सम्झौतामा पर्न सफल खेलाडीहरुमा पुरुषतर्फ पवन सर्राफ,हरिशंकर साह,अभिषेक तिवारी,रोहन विश्वकर्मा,बिशाल पटेल,अरनिको यादव,प्रदीप पासवान र रंजित कुमार रहेका छन ।
यसैगरी महिलातर्फ रोजी कडारी र अलिसा यादवलाई सम्झौता गरेको हो ।

