पर्सामा वन संरक्षणमा तीब्रता,३३.८ क्युफिट काठ बरामद

रञ्जन यादव
291 पाठक संख्या

पर्सा जिल्लामा डिभिजनल बन अधिकृतको रुपमा मञ्जुर अहमद आए पश्चात उनी वन क्षेत्र संरक्षणमा जुटेका छन्।

डिभिजनल बन अधिकृत अहमदको अगुवाईमा ३३.८ क्युफिट काठ बरामद गरिएको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।

वीरगंज महानगरपालिका वडा नं.३२ बाट बुधबार राती चार थान काठको गोलिया १९.५८ क्युफिट काठ बरामद गरिएको सबैया साझेदारी बनको रेञ्जर भुपाल रोकायाले साझेदारी दैनिकलाई जानकारी दिए ।

विशेष सूचनाको आधारमा नेपाल प्रहरी,सशस्त्र प्रहरी र सबैया साझेदारी वनको गस्तीटोलीको सहकार्यमा काठ बरामद गरिएको उनले बताए ।

रामबनबाट टेडारोडतर्फ हुण्डा आकारको ४ वटा साईकलमा चार थान सालको काठ लोड गरी ल्याउँदै गरेको अवस्थामा बन गस्ती टोली देखेपछि साईकल र काठ छोडेर तस्करहरु भागेका थिए ।त्यस्तै मनवा सब डिभिजन कार्यालय सखुवनीयाले बिहिबार १४.२२ क्युफिट काठ बरामद गरेको छ ।

पर्सागढी नगरपालिका वडा नं.१ मनवा गाउँमा बाटो छेउँमा राखिएको अवस्थामा दुई थान सालको गोलिया बरामद गरिएको बन अधिकृत सुमन पाण्डेले जानकारी दिए ।

बरामद त्यो काठको बिषयमा सोधपुछ गर्दा कसैले पनि आफनो भएको दाबी नगरेको उनले बताए । बरामद काठ र साईकललाई नियन्त्रणमा लिई तस्करहरुको खोजि कार्य भईरहेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिएका छन् ।

TAGGED:
Leave a review

This will close in 0 seconds