प्रहरीद्वारा दुई जना बालकहरुको उद्धार

संदिप प्रसाद यादव
1k पाठक संख्या

बारा प्रहरीले दुई जना बालकहरुलाई उद्धार गरि परिवारजनको जिम्मा लगाएको छ ।

ईलाका प्रहरी कार्यालय कवहीबाट खटिएको प्रहरी टोलीले बाराको सुवर्ण गाँउपालिका वडा नं.२ घुसुकपुर टोल स्थित बेवारिसे अवस्थाबाट दुई बालकलाई फेला पारेर उनीहरुको उद्दार गरी परिवारजनको जिम्मा लगाइएको हो ।

उद्दार गरीएको बालक भारतको विहार राज्यको जिल्ला मोतिहारी बस्ने ४३ वर्ष की सुगन्धी देवी साहको छोरा अन्दाजी ५ वर्षीय अंकित कुमार साह रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही ठाँउमा बस्ने वर्ष २१ की काजल देवी साहको छोरा अन्दाजी ३ वर्षीय बजरंगी कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका हुन् ।

Leave a review

This will close in 0 seconds