पत्रकार बिरेन्द्र साहको हत्यरा ४५ बर्षिय हरेराम पटेल (कुर्मी) लाई १३ बर्ष पछि बारा प्रहरी प्रमुख कृष्ण पंगेनीले पक्राँउ गरि अर्को सफलता हात पारेका छन् । पत्रकार महासंघ प्रदेशिक समिति र केन्द्रिय समितिको पटक पटक पत्रकार साहको हत्यरालाई पक्राँउ गर्न दवाव सृजना गदै अएको थियो ।
बाराको साविक तेलकुवा गाबिस.वडा नं.७ हाल परिवर्तित महागढीमाई नगरपालिका वडा नं.२ तेलकुवा टोल निवासी पटेललाई पक्राँउ परेको नेपाल पत्रकार महासंघ प्रदेशिक समिति २ का अध्यक्ष दिपेन्द्र चौहानले बताए । हत्या भएदेखि बराईली पत्रकारहरुको मन मस्तिकमा हत्यराहरु गुन्जी रहेको हुदा खुलेर पत्रकारिता गर्न सकेका थिएन महासंघ प्रदेशिक समितिका सचिव गुरु गौतमले बताए। ढिलै भए पनि पत्रकारलाई हत्या गर्ने सबै हत्यराहरु पक्राँउ परेकोमा नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य सिकेन्द्र पासवानले खुसी ब्यतm गरे ।
साहको हत्या भएपछि दर्जनौ प्रहरी उपरिक्षक बारामा आए तर साहका हत्यराहरु पक्राँउ गर्न सकेका थिएन तर प्रहरी उपरिक्षक पंगेनीले पक्राँउ गर्न गरेको हिम्मत सराहनिय रहेको पासवानले भने । उनलाई कोल्हवी नगरपालिका वडा नम्बर ४ सपहीबाट जिल्ला प्रहरी कार्यालयबाट खटी गएको टोलीले बिशोष सूचनाको अधारमा विहीबार साढे २ बजे पक्राँउ गरिएको प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी दिए ।
विगत १३ वर्ष देखि पटेल लुकीछिपी बस्दै आएको थियो । २०६४ साल असोज १८ गते तत्कालिन गाबिस उमजन अन्तर्गत पिप्रा बसतपुरबाट इनर्वासिरा गाबिस.वडा नं.८ बस्ने पत्रकार बिरेन्द्र साहलाई हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मी,कुन्दन फौजदार भन्ने नरेन्द्र कुमार फौजदार, राम एकवाल सहनी र मनेजर गिरि समेतका ५ जना व्यक्तिहरूले अपरहण गरी गोली हानी हत्या गरेको थियो । उनको शव २०६४ साल कार्तिक महिनाको २२ गते टंगियाबस्तीको जंगलमा खाल्डो खनी गाडेकोमा कुहिएको अवस्थामा फेला परेको थियो ।
ईनर्वासिरा गाबिस.वडा नं. ९ बस्ने मनेजर गिरीलाई २०६५ साल असोज १९ गते र जिल्ला बारा खोपवा गाबिस वडा नं.८ बस्ने राम एकवाल सहनीलाई २०६५ साल पुस २१ गते पक्राउ गरी अनुसन्धान पश्चात अदालतमा पेश गरिएकोमा निजहरूलाई सर्वस्वसहित जन्म कैद हुने ठहरी फैसला भएको थियो । सो हत्यामा संलग्न रहेका गडहल गाबिस वडा नं. ५ बस्ने कुन्दन फौजदार भन्ने नरेन्द्र फौजदार २०७६ साल फागुन २५ गते पक्राउ परी बारा जिल्ला अदालतको २०७६ साल फागुन २९ गते पुर्पक्षको लागि कारागार चलान। भएको थियो उपरिक्षक पंगेनीले भने ।
बारा जिल्ला अदालतको २०६८ साल जेष्ठ १६ गते, पुनरावेदन अदालत हेटौडाको मिति २०६९ साल श्रावन १६ गते र सर्वोच्च अदालतको २०७३ साल पुस २० गतेको फैसला आदेशले अभियुक्त हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मीको हकमा फरार करार गरी मुद्दा मुल्तबिमा रहेको थियो ।