वीरगञ्जमा बिहीबारदेखि आयोजना हुन गईरहेको क्रिकेट टुर्नामेन्ट बारेमा बुधबार जानकारी दिइएको छ । वीरगञ्जमा पत्रकार सम्मेलन गरी क्रिकेट टुर्नामेन्टको आयोजना हुन गईरहेको आयोजक पर्सा क्रिकेट संघले जानकारी दिएको छ ।
प्रो एलेभन क्रिकेट टुर्नामेन्ट नाम राखिएको टुर्नामेन्ट वीरगञ्जमा रहेको वल्र्ड वन्डर्सको क्रिकेट मैदानमा खेलाईने जनाएको छ ।वल्र्ड वन्डर्स र पर्सा क्रिकेट सँघबीच क्रिकेट टुर्नामेन्ट आयोजना गर्ने सहमति अनुसार बिहीबार देखि टुर्नामेन्ट अन्र्तगतको म्याच शुरु ह्नेछ ।
टुर्नामेन्टमा नेपालका चार र भारतका दुई वटा टिम गरी ६ वटा टिमको सहभागिता छ । प्रतियोगितामा भारतको नोएडा र युपी ११ त्यसैगरी नेपालको तीनवटा बिभागीय टोलीहरु आर्मी,एपीएफ र पुलिस टिम सहभागी रहनेछन् ।यस्तै पर्सा ११ टिमको पनि प्रतियोगितामा सहभागिता रहने छ ।
पर्सा ११ टिमको कप्तानी नेपालका चर्चित क्रिकेटर सन्दिप लामिछानेले गर्ने आयोजक पर्सा क्रिकेट सँघका अध्यक्ष मनिष सिँहले जानकारी दिएका छन् ।पत्रकार सम्मेलनमा पर्सा ११ टिमको जर्सी टिमका कप्तान लामिछानेलाई अध्यक्ष सिँहले हस्तान्तरण गरेका थिए ।
वीरगञ्ज्मा यसअघि पनि आफुले एकपटक क्रिकेट खेलेको तथा दोस्रो पटक यहाँ टुर्नामेन्ट खेल्न पाएकोमा खुशी लागेको पत्रकार सम्मेलनमा लामिछानेले बताए ।
उनले आफुसँगै अहिले दुई जना खेलाडीहरु आरिफ र आसिफ शेखसँगै खेलिरहेकोले अगामी दिनमा पनि वीरगञ्जबाट राम्रो क्रिकेट खेलाडी देशको लागि खेल्न सक्ने उनले विश्वास व्यक्त गरे ।

