संरक्षण नेपालको साधारण सभा तथा सामाजिक परीक्षण

साझेदारी दैनिक
260 पाठक संख्या

कलैया : संरक्षण नेपाल संस्थाको २३ औं वार्षिक साधारणसभा तथा सामाजिक परीक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

बाराको कलैयास्थित बारा उद्योग वाणिज्य संघको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो । संरक्षण नेपाल संस्थाका अध्यक्ष बबिता जैसवालको अध्यक्षतामा सो कार्यक्रम भएको हो।

जिल्ला समन्वय समिति बाराका सभापती नरेन्द्र साहले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेका हुन्। उनी कार्यक्रमका प्रमुख अतिथि हुन्।

संरक्षणका अध्यक्ष बबिता जैसवालले संरक्षण नेपाल प्रदेशकै अब्बल गैरसरकारी संस्था रहेको बताएकी छिन् ।

उनले २०६६ को साधारणसभाबाट संविधान संशोधन गरी आफ्नो कार्यक्षेत्र विस्तार गर्ने बाल क्लब स्थापना गरी विभिन्न बालमुखी गतिविधिमा संलग्न रहेको उनले जनाइन्। आफ्नो कार्यक्षेत्र विस्तार गर्न संरक्षण नेपाल नाम परिमार्जन गरी युवा संगठनको रूपमा स्थापना भएको बताइन् ।

संस्थाले अन्तर्राष्ट्रिय,राष्ट्रिय,सरकारी तथा गैरसरकारी संस्थाहरूबीचको सहकार्यमा अधिकार सुनिश्चित गर्ने कार्यक्रम सञ्चालन गर्ने गर्छ। लैङ्गिक समानता प्रवर्द्धन,युवा तथा महिला सशक्तीकरण, शिक्षा तथा सजार आय आर्जन, वातावरण संरक्षण र सरसफाइ, समूहगत् गतिविधिलाई सहजीकरण गर्ने जस्ता कार्यक्रमहरू सचालन गर्दै आएको बताईन ।

संस्थाको कर्मचारी सबिना अधिकारीले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै उत्कृष्ट कर्मचारीबाट उनलाई सम्मानित गरिएको थियोे ।

सो कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष वृजमोहन कुशवाहाले आर्थिक प्रतिबेदन पेश गरेका थिए ।

उक्त कार्यक्रममा गोपाल सेवा समितिका अध्यक्ष जङ्गबहादुर यादव,नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास,प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटा,महिला अधिकारकर्मी किशमती राम,जन स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादव,महिला अधिकारकर्मिहरु सिला साह,बसुन्धरा गैरे,सावित्री जैसवाल लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा अन्जु प्रबिनले स्वागत गरेकी थिइन् ।कार्यक्रमको संचालन पारस जैसवालले गरेका थिए ।

Leave a review