कलैया । नेपाल विद्यार्थी संघ बाराले निजगढ नगरपालिकामा ईश्वर सापकोटालाई नगर संयोजकमा चयन गरेको छ ।
नेपाल विद्यार्थी संघको विधान २०२७ को छैटौं संशोधन २०७५ बमोजिम सापकोटाकलाई नेपाल विद्यार्थी संघ निजगढ नगरपालिकाको संयोजकको जिम्मेवारी दिइएको अध्यक्ष समीर चौधरीले जानकारी दिएका छन् ।
नेपाल विद्यार्थी संघ बाराका अध्यक्ष समीर चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस निजगढ नगर सभापति नवराज तिमल्सिना रहेका थिए ।
सो समितीको सचीवमा आशिष दंगाल आएका हुन् ।
संयोजक सापकोटाले नेपाल विद्यार्थी संघको विधि विधान र मर्यादा भित्र रहेर संघलाई गतिशिल बनाउने प्रतिबद्धता गरेका छन् ।
उक्त भेलामा नेविसंघ केन्द्र सदस्य विकल्प भट्टराईत,तरुण दलका केन्द्रीय सदस्य विष्णु खड्का र विभिन्न भात्री संगठनका पदाधिकारीहरु विभिन्न वडाका सभापति र सदस्यहरु लागायतको उपस्तिथि रहेका थिए ।


