नेपाली काँग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघको ५५ औं स्थापना दिवस विहीबार देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर मनाईएको छ ।
यसैवीच स्थापना दिवसका अवसरमा बारा जिल्लामा भने नेविसंघका दुई छुट्टा छुट्टै जिल्ला समितिले विहीवार फरक फरक कार्यक्रमहरुका आयोजना गरेर स्थापना दिवस मनाएका छन ।
आफुलाई नै आधिकारीक समिति दावी गर्दै आएका दुवै समितिले विभिन्न कार्यक्रमहरु गरेर स्थापना दिवस मनाएका हुन ।
पार्टीको संस्थापन समुह र संस्थापन ईतर समुबाट निर्माण भएका दुबै नेबिस जिल्ला समितिले फरक फरक कार्यक्रमको आयोजना गरेको हो ।
संस्थापन समुको नेविसंघले कलैया स्थित अमृता अनाथ आश्रममा स्टेशनरी सामाग्री वितरण गरेको छ । कलैया स्थित रहेको अमृता अनाथ आश्रमका बालबालिकाहरुलाई बिहीबार एक कार्यक्रम बीच स्टेशनरी वितरण गरेको हो ।
संस्थापन समुहका नेविसंघ बाराका अध्यक्ष समीर चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवले स्टेशनरी वितरण गर्नु भएका थिए ।
उक्त कार्यक्रममा पुर्व राज्यमन्त्री एवम् महिला संघ बाराका अध्यक्ष कलावती पासवान,नेपाली कांग्रेस बारा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति राम प्रवेश यादव,क्षेत्र नम्बर ४ ख का क्षेत्रीय सभापति लोकेश सिंह,तरुण दल बाराका सभापति दिपेन्द्र पटेल,कोल्हवी नगरपालिका तरुण दलका सभापति संजय चौधरी,नेवि संघका केन्द्रीय सदस्य र नेविसंघ बाराका जिल्ला कार्य समिति सदस्यहरु लगायतको उपस्तिथि रहेको थियो ।
यस्तै संघले पनि ५५ औं स्थापना दिवसको अवसरमा १६ स्थानीय तहमा विज्ञप्ति बुझाएको छ । विज्ञप्ति बुझाउन नेविसंघले सबै पालिकामा आफ्ना प्रतिनिधि समेत खटाएको थियोे ।ज्ञापनपत्रमा शिक्षण सिकाइ सुधार गर्न शैक्षिक अवस्थाको अनुगमन,अध्ययन,अनुसन्धान गर्नुपर्ने,शिक्षामा बजेट बढाउनुपर्ने लगायतको माग समेटिने नेविसंघ बाराका अध्यक्ष समीर चौधरीले बताए
यसैविच संस्थापन ईतर समुहको नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति बाराले ५५ औं स्थापना दिवसको अवसरमा प्रादेशिक कलैया अस्पतालका बिरामीहरुलाई विहीबार फलफुल वितरण गरेको छ ।
नेपाल विद्यार्थी संघ बाराका अध्यक्ष प्रविण पटे को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस बाराका जिल्ला सचिव राजेश रौनियार रहनु भएका थिए ।
प्रादेशिक अस्पताल कलैयामा आपतकालीन,आईसीयू,गर्भवती महिला,जेनेरल,अपरेशन वार्डमा रहेका ८० जना बिरामीहरुलाई फलफूल वितरण गरिएको हो ।
उक्त फलफूल वितरण कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का निबर्तमान क्षेत्रीय सभापति फुलमहम्मद मन्सुर,नेबिसघका केन्द्रिय सदस्य हरिओम साह,नेबिसघ बाराका पुर्ब जिल्ला अध्यक्ष राकेश पाण्डे,संचारकर्मी साजिर मन्सुर लगायतको सहभागिता रहेको थियो ।

