स्थानीय तह उपनिर्वाचनका लागि भयो कार्यातालिका स्वीकृत

साझेदारी दैनिक
201 पाठक संख्या

काठमाण्डौं : आउदो मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रुपले संचालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरुले सम्पादन गर्ने कार्यहरुलाई समयवद्ध रुपमा समावेश गरी निर्वाचन आयोगबाट कार्यतालिका स्वीकृत भएको छ।

आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद सापकोटाले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

कार्यतालिका बमोजिम निर्वाचन प्रयोजनका लागि राजनीतिक दलको दर्ताको सूचना असोज नौ प्रकाशन गरी असोज १० देखि १६ गते सम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने कार्यक्रम स्वीकृत भएको हो।

असोज २० गते दल दर्ता स्वीकृत गर्ने, निर्वाचन सम्बन्धि निर्देशिका,कार्यविधी,मापदण्ड तथा आचारसंहिता तयारी गर्ने,निर्वाचन सामाग्री,जनशक्ति व्यवस्थापन,मतदाता शिक्षा,तालिम तथा क्षमता विकास लगायतका कार्यक्रम संचालन गर्ने कार्यतालिका आयोगले सार्वजनिक गरेको हो।

कार्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदान स्थल निर्धारण गर्ने कार्यतालिका स्विकृत भएको हो।

कार्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने,मंसिर २ गते देखी निर्वाचन कार्यक्रम संचालन गर्दै मंसिर १६ गते मतदान गर्ने लगायतका ६२ वटा क्रियाकलाप सहित निर्वाचन कार्यतालिका स्वीकृत भएको सापकोटाले विज्ञप्ति मार्फत जनकारी दिएका हुन्।

Leave a review

This will close in 0 seconds