रौतहटमा १० लाख बराबरको अवैध भन्सार छलीका मालसामान वरामद

साझेदारी दैनिक
साझेदारी दैनिक 469 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रौशन चौधरी/
रौतहटमा प्रहरीद्धारा अवैध भन्सार छलिका कारि १० लाख रुपैयाँभन्दा बढीको विभिन्न प्रकारको अवैध भारतीय सामान बरामद गरेको छ ।

दशै दिपावली तथा आउँदै गरेको छठ पर्वलाई लक्षित गरेर संचालन गरिएको विशेष गस्ती टोलीले सिमावर्ती क्षेत्रबाट भन्सार छलिका उक्त मालसामान वरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।नेपाल प्रहरी र सशस्त्र प्रहरीको छुट्टाछुट्टै गस्ती टोलीले भारतीय बजारबाट लुकीछिपी ल्याउँदै गरेको कपडा,किराना,कस्मेटिक्स,रेडिमेड लगायतको सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गौर,ईलाका प्रहरी कार्यालय गरुडा, र केही प्रहरीचौकीको टोलीले महादेवपटी, गढीमाई लगायतका स्थानबाट तीनलाख २५ हजार मुल्य बराबरको बिभिन्न भारतीय सामान बरामद गरेको रौतहटका प्रहरीका एसपी सिद्धीबिक्रम शाहले बताएका छन् ।

त्यसैगरी, सशस्त्र प्रहरी ११ नम्बर हेडक्वाटर रौतहटका डिएसपी नरेश भण्डारी र सशस्त्र बेश क्यामप देवाहीका प्रमुख ईन्स्पेक्टर बिष्णु अधिकारीको नेतृत्वमा गएको टोलीले देवाही गोनाही महादेवपटी लगायतका स्थानबाट ७ लाख ९० हजार बराबरको अवैध सामान बरामद गरेको सशस्त्रका एसपी सुर्यसेन ओलीले जानकारी गराए ।

बरामद सामानहरुलाई आवश्यक कारबाहीको लागी विहिवार नै जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जनाईएको जिप्रका रौतहटले जनाएको छ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review