वीरगञ्ज : तेरापंथ युवक परिषद वीरगञ्जले एक हजार एक सय २७ पोका रगत संकलन गरेको छ ।
परिषदले ११ दिनसम्म लागातार आयोजना गरेको कार्यक्रममा उक्त परिमाणमा रगत संकलन गरेको हो।
भाद्र २५ गते एम वी दुगड़ ग्रुप आटोमोटिव डिभिजÞनबाट शुरु गरिएको महा रक्तदान शिवीर शुक्रबार शिव शक्ति ग्रुप उद्योगमा समापन भएको हो।
लगातार ११ दिनसम्म भएको रक्तदान कार्यक्रममा रगत संकलन भएको हो।
तेरापंथले रक्तदान गर्ने रक्तदाता,जैन समाजका सदस्य,उद्योगपति,उद्योगका कर्मचारी,नेपाल रेडक्रस संस्थाका सदस्य, सरकारी गैर सरकारी संघ संस्था,नागरिक समाज,संचारकर्मी लगायत सहयोग गर्ने सबैलाई धन्यबाद दिएको छ ।
परिषदले अगामी दिनमा पनि यस्तै सहभागिता र सहयोग पाईने आशा ब्यक्त गरेको छ ।


